×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चितवनबाट चुनाव लड्ने प्रचण्डको घोषणा, भन्छन् उत्कृष्ठ शहर बनाउछु

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगमी निर्वाचनमा चितवनबाट चुनाव लड्ने घोषणा गरेका छन् । बीरगञ्ज बैठकले मलाई चितवनबाट चुनाव लड्ने निर्णय गरिसकेको छ, शुक्रवार प्रेस सेन्टरले चितवनको भरतपुरमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने म तपाईहरुलाई आज जानकारी गराउँछु म चितवनबाटै चुनाव लड्ने पक्का भएको छ ।
उनले पहिलो संविधान सभाको निर्वाचनमा जनयुद्धको उद्गम थलो रोल्पा र जनआन्दोलनको मुल थलो किर्तिपुरबाट चुनाव लडेको र दोस्रो सविधानसभामा सर्लाहीबाट चुनाव लड्को स्मरण गर्दै अब चितवनबाट लड्ने बताए ।
चितवन देशको एउटा विशिष्ट जिल्ला हो, यसको राष्ट्रिय राजनीतिमा विशेष भूमिका पनि छ, त्यही भएर मैले चितवन रोजेको छु, प्रचण्डले भने । चितवनलाई स्मार्टसिटीभन्दा राम्रो विशिष्ट सिटी बनाउने आफ्नो योजना रहेको बताए । चितवनलाई उत्कृष्ट सिटी बनाउन मैले मैले चीनियाँहरुसँग कुरा गरेको छु। छिटै यसको गुरुयोजना म सार्वजनिक गर्छु, प्रचण्डले भने । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: