×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘राजपा शिर्ष नेताकै जिल्लामा केपी ओलीबाट टिका लगाउँछु’–सांसद जंगिलाल यादव

काठमाडौं – स्थानीय तह निर्वाचनकै बेला पार्टी परित्याग गरेका राजपा महासचिव तथा सांसद जंगिलाल यादवले सर्लाहीमै एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टिका लगाउने उद्घोष गरेका छन् । राजपा शिर्ष नेता महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवको गृह जिल्ला हो सर्लाही । सर्लाहीमै एमाले अध्यक्ष ओलीलाई बोलाएर पार्टी प्रवेश गर्ने यादवले बताएका छन् ।
‘राजपाका शिर्ष नेताहरु सर्लाहीकै हुनुहुन्छ, तर चुनाव हार्नु भएको हो’ सांसद जंगिलाल यादवले भने ‘उहाँहरुकै अगाडी म केपी ओलीबाट टिका लगाउँछु र सर्लाहीलाई एमालेको किल्ला बनाउँछु ।’ राजपाका शिर्ष नेतालाई चुनौति दिन यादवले जिल्लामै पार्टी प्रवेश गर्ने योजना बनाएका छन् ।
एमाले सर्लाहीले पनि काठमाडौंको धुम्वाराहीभन्दा सर्लाहीकै पार्टी कार्यालयमा सांसद यादवलाई टिका लगाउनु पर्ने माग पार्टी मुख्यालयमा गरेको छ । स्थानीय तहको निर्वाचनभन्दा अघि नै एमालेमा प्रवेश गर्ने तयारी यादवले गरेका छन् ।
यादव असन्तुष्टी जनाउँदै एमालेमा प्रवेश गर्न थालेपछि राजपाका शिर्ष नेताहरु सर्लाही पुग्न सकेका छैनन् । महन्थ ठाकुर, राजेन्द्र महतो स्थानीय तहको निर्वाचनमा अहिलेसम्म मधेस झरेका छैनन् । कार्यकर्ताको तिव्र असन्तुष्टी भएपछि उनीहरु जिल्लामै प्रवेश गर्न नसकेको यादवले बताए ।
उता सांसद जंगिलालसहितका राजपा नेता कार्यकर्तालाई टिका लगाउन एमाले अध्यक्ष ओली केही दिनभित्र सर्लाही जाने तयारी गरिरहेका छन् । एमालेका शिर्ष नेताहरु मधेस झरिसकेपनि अध्यक्ष ओली भने तराई झरेका छैनन् । – एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: