×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अक्टोबर पहिलो साताबाट डिभी खुल्ने

काठमाडौं – अमेरिकाले प्रदान गर्दै आइरहेको सजिलो स्थायी बसोबास प्रक्रिया डिभीको आवेदन खुल्ने भएको छ । यो डिभी प्रक्रियाको लागि अक्टोबर पहिलो सातादेखि एक महिनासम्म आवेदन दिन सकिन्छ । ग्रिनकार्डको चिठ्ठा प्रक्रियाको लागि आवेदन अक्टोबर तीन देखि नोभेम्बर सात अर्थात (असोज १७ देखि कात्तिक २१) दशैंलगत्तै आवेदन दिन पाइने छ ।
यो प्रक्रिया एक देशको ५० हजार नागरिकलाई डिभी दिएपछि बन्द हुन्छ । जसमा अब नेपालको केही हजार जनशक्ति मात्र अमेरिका जान बाँकी रहेकोले यो प्रक्रियाको माध्यमबाट धेरै नेपाली अमेरिका जाने छैनन । अमेरिकाले करिब १७ वर्ष अगाडिदेखि डिभीको माध्यमबाट नेपालीहरुलाई अमेरिका लग्दै आइरहेको हो । प्रक्रिया खुलेदेखि ४३ हजार पाँच सय ९२ नेपाली डिभी लोटरीको माध्यमबाट अमेरिका गइसकेको छन् ।
नेपालसहित करिब एक सय २९ बढीदेशबाट प्रत्येक वर्ष करिब ५० हजार आप्रवासी भित्र्याइ रहेको अमेरिकाले करिब एक महिनाको समयावधी तोकेर आवेदन संकलन गर्ने गर्छ । यस अघिनै अमेरिकामा यो प्रक्रियाबाट प्रवेश गरिसकेको संख्याको आधारमा ग्रिनकार्ड लोटरी जित्नेहरुको संख्या निर्धारण गर्नेछ । अक्टोबरमा भरिने डिभीको नतिजा भने मे महिनाको पहिलो साता आउने छ ।
डिभी भर्ने तरिका तल हेर्नुहोसः
इन्टरनेटको सुविधा छ भने घरबाटै आफैंले डिभी भर्न सकिनेछ जस्कालागि यो www.dvlottery.state.go वेभपेजमा गएर सहि विवरण भरेर आफैंले डिभी भर्न सकिन्छ । वेभपेजमा सोधिएको सबै उत्तरहरु आफ्नो र भए परिवारको फोटो सहितको सहि विवरण भरेर आफैंले डिभी भर्न सकिन्छ । डिभी भर्नको लागि कुनै शुल्क लाग्दैन । कसैले यसको ग्यारेन्टी पनि दिन सक्दैन । भरेपछि आउने कन्फरमेसन नम्बर सुरक्षित राख्नुपर्छ जुन पछि नतिजा हेर्नको लागि चाहिनसक्छ ।
डिभी भर्न चाहिने योग्यताहरु
साधारणतया १२ कक्षा पास गरेको हुनुपर्छ । १८ वर्ष मुनिका परिवारका सदस्यहरुको पनि एकै आवेदनमा समावेस गर्न सकिनेछ । यदि १२ पास भएको छैन भने विसेष सिपको प्रमाण आवश्यक पर्दछ । अमेरिकाले सबैलाई समान अधिकार दिने भएकोले शारिरीक अशक्तहरुले डिभी भर्न सक्नेछन् । फौजदारी वा कानूनी झमेलामा,प्रहरीको विशेष सुचीमा भएकोले डिभी परेपनि प्रहरी रिर्पोट हेरेर मात्रै अमेरिकाले भिषा दिने र नदिने निश्चित गर्छ ।
परेपछि के गर्ने
डिभी पर्नेवित्तिकै अमेरिकाले भिषा दिँदैन किनकि डिभी प्रक्रिया छनौंट भएको मात्र हो । उक्त नतिजा पनि डिभी भरेकै पेजबाट प्राप्त गर्न सक्नुहुने छ । यदि छनौंट भइयो भने दोस्रो प्रक्रियाको लागि अर्को अनलाईन फाराम भर्न सकिनेछ । उक्त जानकारी पनि छनौंट भएको पत्रमै देखाईएको हुन्छ । फाराम भरेपछि अन्तरवार्ताको लागि पत्र आउने छ । उक्त पत्र ईमेलमा आउने समय पर्खिनपर्नेछ । बुझाउने र भर्ने सबै विवरण सहि साँचो हुनुपर्ने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: