×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘मधेशी जनता ठूला दलहरुबाट सधैं ठगिएका छन्’

काठमाडौँ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला दलले मधेसी जनतालाई सधैं ठग्दै आएको आरोप लगाएका छन्।
जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायतका ठूला दलले सधैं मधेसी जनताका हक अधिकारलालाई बेवास्ता गरी ठगेको आरोप लगाए।
संविधानमा २५ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने उल्लेख भएपनि देउवा नेतृत्वमा रहेको सरकारले ५४ जनाको मन्त्रिमण्डल विस्तार गरेकामा आपत्ति जनाउँदैँ अध्यक्ष यादवले यस कार्यले भ्रष्टाचारलाई बढवा दिने बताए।
उनले अहिलेको स्थानीय तहको संरचनाअनुसार गाउँपालिका र नगरपालिकाको क्षेत्रफल धेरै टाढासम्म रहेकाले यो खर्चिलो भएको बताए। – एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: