×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘इनसाइडर ट्रेडिङ’का आरोपित साउद नेप्सेको जीएम बन्दै, उनी मोटाउने र लगानीकर्ता डुब्ने निश्चितप्राय: !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेप्सेको जीएम बन्ने आकांक्षीहरुको अन्तिम ५ को नतिजा सार्वजनिक भएसंगै त्यहाँ रहेका विभिन्न व्यक्तिहरुका विभिन्न् कर्तुतहरु सार्वजनिक हुन थालेका छन् । अन्तिम ५ बाट अन्तिम ३ को नतिजा केहि दिन मै प्रकाशित हुने जानकारी आएका बेला टप ३ मा मनोज ज्ञवाली, सीताराम थपलिया र चन्द्र साउद आउने भन्ने तथ्य बाहिर आएको छ । सीताराम थपलिया हालसम्म नेप्सेमा सबैभन्दा नरुचाइएका पात्र हुन् भने नेप्सेका लागि मनोज ज्ञवाली र चन्द्र साउद नयाँ पात्र हुन् ।

यसै बीच चन्द्र साउदका केहि कर्तुतहरु सार्वजनिक भएका छन् । यसअघि नेपाल इन्सुरेन्सबाट ‘असक्षम’ भन्दै निकालिएका उनलाइ इनसाइडर ट्रेडिङ गरेको समेत आरोप लागेको खुलासा भएको छ । आफ्नै कम्पनीको सेयर आफन्तका नाममा किनेर उनले इनसाइडर ट्रेडिङ गरेको खबर नेपाल इन्सुरेन्सकै केहि कर्मचारीले बाहिर ‘लिक’ गरिदिएका छन् ।

इनसाइडर ट्रेडिङको यस्तो आरोप ! 
आफ्नो नाम नबताउने सर्तमा नेपाल इन्सुरेन्सका एक उच्च तहका कर्मचारीले दिएको जानकारी अनुसार साउदले तत्कालीन समयमा भोजराज जोशीको नाममा नेपाल इन्सुरेन्सको ३ लाख भन्दा बढी कित्ता त्यहाँको आन्तरिक जानकारी दिएर किनेका थिए । यस्तै एक बैंकमा काम गर्ने आफ्ना भतिजको नाममा पनि सेयर किनेर उनले इनसाइडर ट्रेडिङ गरेका थिए । ‘एउटा इन्सुरेन्स कम्पनीमा त्यस्तो फट्याई गर्ने व्यक्ति नेप्सेको जीएम भयो भने के होला ? हाम्रो त पूरै लगानी डुब्ने भो । साउद नेप्सेको महाप्रबन्धक भए त उनी मात्र मोटाउने भए, अरु सबैको लगानी बालुवामा पानी हुने भयो ।’ उनले अर्थ सरोकार डटकमसंग भने ।

जता फाइदा, उतैको पार्टी जाने !
चन्द्र साउदलाई इनसाइडर ट्रेडिङको मात्र आरोप छैन, निकै अवसरवादी भएको समेत आरोप छ । माओवादीको हालीमुहाली चलुन्जेल माओवादी बनेका उनी बाबुरामले पार्टी छाड्ने बितिकै नयाँ शक्तितर्फ लागेका थिए । नयाँ शक्तिपनि ओरालो लागेपछि उनले त्यहाँ बसेर केहि नहुने भन्दै ‘म त पहिलादेखिकै कांग्रेस हुँ’ भन्ने नाटक गरेर कांग्रेस प्रवेश गरेका थिए । अहिले सेर बहादुर देउवासमक्ष सुदुरपश्चिमको व्यक्ति भएको बिल्ला भिरेर उनी नेप्सेमा जाने तयारी गरिरहेका छन् । विभिन्न इन्स्भेष्टमेन्ट कम्पनीमा समेत प्रत्यक्ष वा अप्रत्यक्ष लगानी रहेका साउद नेप्सेको जीएम भएको खण्डमा नेप्से अवको ४ बर्ष पछि पर्ने अनुमान धेरैले लगाएका छन् । यसो त उनी माओवादी केन्द्र, नयाँ शक्ति, र कांग्रेसमा पनि विवादित व्यक्ति हुन् ।

अख्तियारमा उजुरी, इन्भेष्टरमाझ पनि बदनाम छन् साउद !
उनी नेप्सेको महाप्रबन्धक भएको खण्डमा हालको सरकारलाई पनि असफल सरकारको संज्ञा मिल्ने संकेत देखिएको छ । विभिन्न कुराले विवादित भइरहेको देउवा नेतृत्वको सरकारले सेयर लगानीकर्ताको पनि तीखो आलोचना खेप्नुपर्ने संकेत देखिएको छ । चन्द्र साउदको नाममा अख्तियारमा हालपनि केहि उजुरीहरु छन् । यसो त इनसाइडर ट्रेडिङको मामलामा सधैं चर्चा हुने साउद नेपाली सेयर लगानीकर्तामाझ पनि विवादित पात्र हुन् । यद्यपी पछिल्लो समयमा सीताराम थपलिया र चन्द्र साउद मिलेर ‘काले काले मिलेर खाउँ भाले’ शैलीमा काम गरिरहेको स्रोतको दावी छ ।


जताततै पैसाको अफर गरेको आरोप 
यसो त चन्द्र साउदले नेप्सेको जीएम बन्नकै लागि मोटो रकम लगानी गरेको स्रोतको दावी छ । ‘अहिले १ करोड दिने र पछि नेप्सेको महाप्रबन्धक भइसकेपछि अर्को एक करोड दिने भन्ने सर्तमा उनलाई नेप्सेको जीएम बनाउने तयारी भएको हो । यसमा अप्रत्यक्ष रुपमा छनोट समितिसम्म घुस पुग्ने समेत बुझिएको छ ।’ स्रोतले अर्थ सरोकार डटकमसंग भन्यो ।        

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: