×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रदेश नम्बर १ को मुख्यमन्त्री को ? तीन पार्टीका यी नेताबीच हुनेछ कडा टक्कर

काठमाडौँ – प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा यतिबेला राजनीतिक बृत्तमा मुख्यमन्त्रीको चर्चा सुरु भएको छ । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले मुख्य मन्त्रीको सम्भावित उम्मेदवारको नाम लिस्ट तयार पारिसकेका छन् ।
काठमाण्डु टुडेलाई प्राप्त सूचनाअनुसार प्रदेश नम्बर एकबाट कांग्रेसमा मीन विश्वकर्मा, गुरुराज घिमिरे, विश्वप्रकाश शर्मा, डिला संग्रौला, अशोक कोइराला, बलबहादुर केसीलगायतको नाम चर्चामा छ । यीमध्ये कुनै एकजना मुख्यमन्त्रीको उम्मेदवार बन्नेछन् । त्यसका लागि सबैले लबिङ थासलसकेका छन् ।
त्यस्तै एमालेमा योगेश भट्टराई, भीम आचार्य, लालबाबु पण्डित र शेरधन राईको नाम चर्चामा छ । योगेश भट्टराईबाहेक अन्य सबै मन्त्रीसमेत भइसकेका छन् । तर, मुख्यमन्त्रीकै लागि योगेश काठमाण्डुको मेयरमा नलडेको र पछिल्लो समय ओलीको विश्वास पात्र भएकाले उनको सम्भावना बढी देखिन्छ । सबैले आ–आफ्नै तवरले मुख्य मन्त्रीका लागि लबिङ सुरु गरिसकेका छन् ।
माओवादी केन्द्रबाट भने प्रदेश नम्बर एकमा गोपाल किराती मुख्य मन्त्रीका एक्ला उम्मेदवार हुन् । सो प्रदेशमा किरातीको राम्रो पकड रहेकाले उनलाई माओवादीले अघि सारेको हो । हालसम्म उनको विकल्प नदेखिए पनि आकांक्षी भने धेरै छन् । तर, किरातीले छाड्न नचाएको खण्डमा पार्टी अध्यक्ष प्रचण्डले उनको विकल्प नखोज्ने प्रष्ट छ ।
प्रदेश नम्बर एकमा तीनै दलका शीर्ष नेताबीच प्रतिस्पर्धा हुने देखिन्छ । त्यसैे प्रतिस्पर्धा निकै कडा हुने आँकलन गरिएको छ । – काठमाडौँ टुडे 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: