×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इन्भेष्टमेन्ट बैंक ‘टाइप मिस्टेक’ प्रकरण : ‘बुडी मरी भन्दा पनि काल पल्केको पीर भो ‘

  • सुरज प्याकुरेल (सम्पादकीय)
गल्ती हुनु ठूलो कुरा होइन । मानवीय त्रुटी कहिलेकाहीं हुन्छ नै । तर गरिएको त्रुटीले यदी कसैलाई हानी पुर्याउंछ भने त्यो सजायको भागीदार हुनुपर्छ । गल्ती कुन मनसायले गरिएको हो भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । नियोजित रुपमा केहि गरेर त्यसलाई भूलबस् भएको भनी टार्ने काम रतिभर पनि क्ष्याम्य हुन सक्दैन । र नेपाल इन्भेष्टमेन्ट बैंकको हकमा पनि यसपाली यस्तै भएको छ ।
     
नेपाल इन्भेष्टमेन्ट बैंकले टाइपमा गडबडी भएको भन्दै यसअघि नेप्सेलाई दिएको सूचना सच्याउनु न सानो गल्ती हो, न मानवीय त्रुटी हो । यो त सरासर ‘इनसाइडर ट्रेडिङ’ हो । पहिला प्रकाशित सुचनामा यसअघि नेप्सेमा प्रकाशित सूचना अनुसार इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको उल्लेख गरेको भएपनि नेप्सेमै प्रकाशित अर्को सूचनामा भने बैंकले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश वितरणको निर्णय जुन गरियो, यो काम सरासर जनताको भावनामाथि खेलबाड हो भने बजार धमिल्याउने प्रपंच हो ।

यो त्रुटी नै भएको भएपनि त्रुटीले धेरैलाई असर गर्ने हुनाले यो त्रुटी गर्ने संस्थालाई कारवाही हुनै पर्छ । यसो त धीतोपत्र कानुनले पनि यस्तो गल्ती गर्नेलाई कारवाहीको स्पष्ट व्यवस्था गरेको छ । अहिले सामान्य गल्ती भनेर यस्तो कामलाई क्षमा दिने हो भने भोलिका दिनमा यस्ता थुप्रै गल्तीका नाममा नियोजित धन्दा चलाउनेहरुको दबदबा रहन्छ । यसो त यता नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत एक उच्च तहका कर्मचारीले भने सबै काम नियोजित रुपमै गरेको बताएका छन् । यो मामलामा यस्तो गम्भीर गल्ती गर्नेलाई कारवाही नगरी हुँदैन ।

किनकि कुरा भूल भयो वा नियोजित गल्ती भयो भन्दा पनि लगानीकर्तामाथि धोका भयो भन्ने हो । यस्तो गल्ती गर्नेलाई अहिले कारवाही नगर्ने हो भने यसले गलत नजीर स्थापित गर्ने छ । किनकि यहाँ ‘बुडी मरी भन्दा पनि काल पल्केको पीर भो। ‘  

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: