×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कस्तो अचम्म ! ग्लोबल आइएमई बैंकको ‘३ दिनभित्र कर्जा योजना’, मिडियामा छ्यापछ्याप्ती, बीएमलाई थाहा छैन !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई ३ दिन भित्र नै कर्जा उपलब्ध गराउने समाचार पढेपछी एक ग्राहक उक्त बैंकको एक साखामा यसबारे बुझ्न गए । तर अचम्म मिडियामा छ्यापछ्याप्ती बनेको यो समाचारबारे उक्त साखाका ब्रान्च मेनेजरलाई नै थाहा रहेनछ । त्यसपछी ती ग्राहकले अर्थ सरोकारकर्मीलाई फोन गर्दै सोधे, ‘बैंकको यो कस्तो कर्पोरेट कल्चर हो ?’ हिजो मात्र बैंकले कर्जा लिनका लागि धेरै समय लागिरहेको परिप्रेक्षमा ग्राहकलाई छिटो छरितोरुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनशिलतामा बृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयाबधि घटाएको भन्दै विज्ञप्ति विभिन्न मिडियामा पठाएको थियो ।
३ दिनमा कसरी कर्जा दिने भन्ने बारे ब्रान्च मेनेजरलाई नै थाहा छैन
आफ्नो र साखाको नाम नबताउने सर्तमा ती साखाका व्यवस्थापकले हाल बैंकका सीईओ विदामा भएका बेला सिनियर डेपुटी सीईओले काम देखाउनकै लागि ब्रान्च मेनेजरहरुलाई समेत खबर नगरी यस्तो योजनाबारे मिडियामा समाचार पठाएको बताए । ‘हामीलाई समेत मेल आएको छैन । विहानदेखि केहि सेवाग्राहीले फोन गरेपछि मात्र थाहा पाएँ । ३ दिनभित्र के आधारमा कसरी कर्जा दिने हो, म ब्रान्च मेनेजरलाई त थाहा छैन, अव कसरी के भन्नु। ‘ मिडियामा समाचार गइसकेको भएपनि बैंकले भने सोमबारमात्र यस बारे कुरा गर्न बैठक बोलाएको छ । ‘बैंकभित्र लाथालिङ्ग छ । क्रेडिट हेडलाई मार्केटिङको हेड बनाएर पठाइएको छ । मार्केटिङमा काम गर्नेलाई क्रेडिट विभागमा पठाईएको छ । अव मिडियासँग काम गरिरहेको मान्छेले कसरी क्रेडिटमा काम गर्ने हो ? अनि क्रेडिटमा काम गरिरहेको मानिसले कसरी मिडिया हेर्ने हो, थाहा छैन ।’ उनले उल्टै गुनासो पोखे । उनका अनुसार पछिल्लो समय अख्तियारले शंकास्पद कारोबार गरेको शंकामा ग्राहकका विवरण लागेको थाहा पाएपछि अहिले कतिपय ग्राहकले खाता बन्द गर्न थालेका छन् भने भिजा कार्डको समेत १००० रुपैयाँ लिन थालेपछि धेरै ग्राहक रुष्ट बनेका छन् । ‘यसै पनि सीईओले समेत जागिर छाड्न लागेको चर्चा छ । यस्तै हो भने यो बैंकमा रहनु ठिक पनि छैन ।’ उनले अगाडी गुनासो पोखे ।    
बोल्नै मान्दैन  ग्लोबल आइएमइ बैंक 
यसबारे बुझ्न हामीले ग्लोबल आइएमई बैंकका सुचना अधिकारी जनक शर्मा पौडेललाई फोन गर्यौं । तर उनको कार्यालयको ल्याण्डलाइन नम्बर निरन्तर व्यस्त रहेको पाइयो । त्यसपछि हामीले उनको मोबाइल नम्बर बैंकका कर्मचारीसँग माग्यौं । बैंकको फोन नम्बरमा फोन गर्दा उठाउने कर्मचारीले आफुलाई नम्बर थाहा नभएको बताएपछी हामीले बैंकको मार्केटिङ विभागमा काम गर्ने सुनिता शर्मालाई फोन गरी सूचना अधिकारीको नम्बर माग्यौं । तर उनले नम्बर दिन नमिल्ने बताइन् । सुचना अधिकारीको नम्बर मिडियालाई दिन नमिल्ने कस्तो बैंकिङ कल्चर हो, बैंकलाई नै थाहा होला । तर बैंक बोल्न नमान्नु, बैंककै एक साखाका कर्मचारीलाई यसबारे थाहा नहुनुले बैंकको भद्रगोललाई छरपष्ट पारेको छ ।   
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: