×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी हुन् नेपालका ‘टप १०’ सुन तस्कर !

सामान्य चेकचाँचमा सुन बरामद हुदैन, बिना सूचना बाटोमा हिँडेको गाडीलाई नियन्त्रणमा लिएर ४–५ घण्टा खानतलासी गर्न सम्भव नहुने हुँदा सुन तस्करी मौलाएको हो । दिनको सयौं गाडी केरूङ नाकाबाट काठमाडौं भित्रिन्छ । ति गाडी मध्य २–४ वटा गाडीबाट सुन पास हुँदै आएको छ । 
काठमाडौं । नेपाल प्रहरीले विभिन्न स्थानबाट अबैध सुन बरामद गर्न थालेपछि सुन तस्करका नाईकेहरू छटपटाउन थालेका छन् । पछिल्लो एक बर्षको अवधिमा प्रहरीले काठमाडौं र रसुवाबाट मात्रै एक सय पचास किलो भन्दा बढी सुन बरामद गरेपछि तस्करहरू छटपटाउन थालेका हुन् । प्रहरीले मात्र होईन सुन बोक्ने भरिया र क्यारिङवाला स्वयम्ले सुन बोकेर फरार हुन थालेपछि झन सुन तस्कर तर्सित हुन थालेका छन् । एक बर्षको अवधिमा प्रहरीले बरामद गरेको बराबरको सुन भरिया र क्यारिङवालाले गायव बनाएको चर्चा यतिखेर तस्करबीच चल्न थालेको छ । नेपालका नामुद सुन तस्कर बौद्धका आम्डो घ्याम्चोले यतिखेर आफ्ना छोरा कुङ्गा टासीलाई प्रयोग गरेर सुनको तस्करी गर्दै आएका छन् ।
घ्याम्चोको सुन पटक–पटक बरामद भएपनि उनि भने कानुनको कमजोरीको फाईदा उठाउँदै उम्कन सफल भएका छन् । २०६९ सालमा काठमाडौं परिसरले बरामद गरेको १६ किलो, २०७० मा काभ्रेमा लुटपाट भएको १२ किलो, त्यसको लगत्तै काठमाडौं प्रहरीले बरामद गरेका ८ किलो सुनका मालिक घ्याम्चो थिए । तर उनी १६ किलोमा प्रहरीको अनुसन्धानमा तानिएपनि राजश्व अनुसन्धान बिभागले जोगाएको थियो । तत्कालिन समयमा राजश्वका उपसचिव भरत सुवेदीले जोगाएका थिए । तिनै घ्याम्चो अहिले आफ्नो छोरा कुङ्गालाई अघि सारेर नियमित सुन तस्करी गर्दै आएका छन् ।
उनको सुन क्यारिङ सिन्धुपाल्चोकका टेम्बो शेर्पा, राजु घलान तमाङ, सोनाम शेर्पा लगायत एक दर्जनले गर्दै आएका छन् । स्रोतका अनुसार पछिल्लो समय तस्करी गरी ल्याएको ५ किलो सुन सहित घ्याम्चोका भरिया सोनाम शेर्पा फरार छन् । स्रोतका अनुसार भरिया शेर्पा भारतको दिल्लीमा छन् । त्यस्तै सुन तस्करका अर्का नाईके हुन् सिन्धुपाल्चोक घर भई बौद्ध बस्ने शम्भू शेर्पा तस्करीबाटै करोडपति बनेका हुन् । शेर्पा अहिले बौद्धमा रहेको उनको आलिशान महलमा बस्दै होटल हायातको फिटनेश क्लबमा शारिरिक ब्यायामको लागि पुग्ने गर्छन् । देखाउटी व्यवसायी नै केही नभएका शेर्पाको दैनिक भनेकै सुन तस्करी गर्नु हो । 
सिन्धुपालचोकका छिरिङ शेर्पा पनि सुन तस्करका टप फाईप भित्र पर्ने पात्र हुन् । ढेड बर्ष अगाडी तातोपानीबाट राजधानी भित्रिदै गरेको बा९च १४६३ नम्बरको कालो कारमा १८ थान सुन बरामद भएपछि छिरिङको धन्दा छताछुल्ल भएको हो । छिरिङ सहित उनका दाजुभाई साङ्गे शेर्पा र मिङमार शेर्पा पनि सुन तस्करका नाईके भएका स्रोतको दाबी छ । सुन तस्करी गरेकै भरमा छिरिङले स्वयम्भूमा बंगला ठड्याएका छन् । लिपिङ सिन्धुपाल्चोकका छिरिङ समान्य परिवाका व्यक्ति हुन् । सुन तस्करी गरेर छिरिङ हाल करोडका मालिक भएका छन् । भिक्षु पोशाकमा रहेका मिङमारले भिक्षुको भेषमा सुन भारतसम्म पु¥याउने काम गर्दै आएका छन् । उता दोलखाका पेम्पा दोर्जे शेर्पाले पनि एक दर्जन क्यारिङवाला र भरियाको प्रयोग गरेर सुन तस्करी गर्दै आएका छन् । नवीन भन्ने राजुकुमार राई, मोहन कुमारलाई सुन बोक्न लगाउँदै आएका छन् ।
पछिल्लो समय तातोपानी नाका बन्द भएपछि यी तस्करले केरूङ नाकालाई मुख्य आधार बनाएर सुन तस्करी गर्दै आएका छन् । तस्करीमा बारम्बार प्रहरीको नाम जोडिँदै आएपनि सुन तस्करहरूले भगवान भरोसाको भरमा काठमाडौं भित्राउँदै आएका छन् । सामान्य चेकजाँचमा सुन बरामद हुदैन, विना सूचना बाटोमा हिँडेको गाडीलाई नियन्त्रमा लिएर ४–५ घण्टा खानतलासी गर्न सम्भव नहुने हुँदा सुन तस्करी मौलाएको हो । 
दिनको सयौं गाडी केरूङ नाकाबाट काठमाडौं भित्रीन्छ । ति गाडी मध्ये २–४ वटा गाडीबाट सुन पास हुँदै आएको छ । सुन बोक्ने र क्यारिङ गर्नेको चहलपहलमा शंका लागे तस्करीकै सदस्यहरूले प्रहरीलाई खबर गर्दै आएका छन् । भरियाले केही सुन लुकाएर प्रहरीलाई आफै खबर गरी पक्राएर जेल बस्न तयार हुन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: