×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चितवनका यी विद्यार्थी जसले आफ्ना शिक्षकलाई १० लाख गुरु दक्षिणा दिए…

]
चितवन – आर्थिक अभावले उपचारमा समस्या झेलिरहेका माडी १ गर्दीका शिक्षक देवेन्द्र प्रसाद पौडेललाई पूर्वविद्यार्थीले १० लाख ४२ हजार रुपैयाँ सहयोग गरेका छन् । आजको कान्तिपुरमा खबर छ ।
स्वदेश र विदेशमा रहेका पूर्वविद्यार्थीले स्वस्फुर्त रकम सहयोग गरेका हुन् ।
पौडेल लामो समहदेखि फेक्सोको क्यान्सरले पीडित छन् । अहिले भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार चलिरहेको छ ।
-उनले ०३५ पुसबाट माडी माविमा अध्यापनको काम सुरु गरेका हुन् ।
-०४० पुसमा सोमेश्वर माविमा पढाउन सुरु पुगे ।
-०७१ साउनमा अवकाश लिए ।
पूर्व विद्यार्थी उमाकान्त शमाृको नेतृत्वमा सामाजिक सञ्जाल फेसबुकमा सहयोग अभियान चलाइएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: