×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘ठग’ कम्पनी लक्ष्मी हुन्डाईका कागजात सरकारी नियन्त्रणमा, मालिक र ब्राण्ड मेनेजरको यस्तो रुवाबासी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपालको प्रचलित कानुन विपरित नाफा खाएर जनताको पसिना चुस्न पल्किएको ठग कम्पनी लक्ष्मी हुन्डाईमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले छापा मारेपछी यो ठग कम्पनीको धन्दा झन् उदांगो भएको छ । कम्पनीले नियम विपरित नाफा खाएर जनतालाई ठग्ने गरेको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि कम्पनीमाथि उजुरी परेको थियो । सोहि उजुरीका आधारमा कम्पनीको नक्सालस्थित स्वरममा छापा मारी विभागले कम्पनीका सम्पूर्ण कागजात बरामद गरेको छ ।
‘लक्ष्मी हुन्डाई विरुद्ध उजुरी परेको थियो । सोहि उजुरीका आधारमा हामीले छापा मारेका हौँ ।’ विभागका अनुगमन शाखा निर्देशक लक्ष्मण श्रेष्ठले भने, ‘खरिद र विक्रीबीचको भिन्नता अत्याधिक भएको उजुरीपछी हामीले कम्पनीको नक्सालस्थित सोरुममा छापा मारेका छौं । कागजातहरु नियन्त्रणमा लिएका छौं । अनुसन्धान जारी छ। ‘ अर्थ सरोकार डटकमसंग उनले भने । उनका अनुसार कागजात अध्ययनपछी दोषी ठहरिए कम्पनीलाई कुनै पनि हालतमा कारवाही गरिनेछ । कम्पनीले कसैले पनि आफुलाई केहि पनि गर्न नसक्ने भन्दै पटक पटक घमण्डीपन देखाउने गरेको छ ।
मालिक र मार्केटिङ अफिसरको यस्तो रुवावासी 
कम्पनीको शो रुममा विभागले छापा मारेपछि कम्पनीका मालिक अहिले राजनीतिक लवीङमा छन् । यतिसम्मकी अहिले लुटेजसरी जनता लुट्न नपाए आफुहरु बजारमा टिक्नै नसक्ने भन्दै उनले नाडा लगायत केहि व्यापारिक संगठनका प्रतिनिधिहरुलाई हारगुहार गरेका छन् । यता कम्पनीका सिनियर ब्राण्ड मेनेजर अवशिष ओझा पनि यस विषयमा समाचार प्रकाशन नहोस् भन्दै केहि ठुला मिडियाहरुलाई हार गुहार गरिरहेका छन् । स्रोतका अनुसार उनले यतिसम्म गरेका छन् कि आफुले विज्ञापन गरेका केहि संचारमाध्यममा समेत अरु मिडियाहरुमा पनि यसबारे समाचार रोक्न सहयोग गरिदिन आग्रह गरेका छन् । यस विषयमा बुझ्न हामीले लक्ष्मी
हुन्डाईका ब्राण्ड मेनेजर अवशिष ओझालाई सम्पर्क गरेका थियौं । तर उनले हाम्रो फोन उठाएनन् ।
अर्थ सरोकार डटकमले लक्ष्मी हुन्डाईको ठगी धन्दाको पर्दाफास गरेपछि पछिल्लो समय हुन्डाईको क्रेजनै घटेको छ । कम्पनीका ब्राण्ड मेनेजर अवशिष ओझाले यस अघि नै कम्पनी प्रति जनताको क्रेज घटेको र हुन्डाईका गाडीहरुको विक्री घटेको समेत स्वीकारेका थिए ।   
अर्थ  सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?

अपरेशन नम्बर १२
होसियार ! स्किमको लोभमा फस्नुहोला नि ! भूकम्प पीडीतहरुलाई ‘लुट्न’ हुन्डाईले ल्यायो यस्तो योजना 

अपरेशन नम्बर ११
महिन्द्रा KUV100 गाडी: एक्लै चढ्न ‘सानदार’, तर बालबालिकाका लागि ‘असुरक्षित’ ! 

अपरेशन नम्बर १०
गाडी बिक्नै छाडेपछि ‘ठग’ कम्पनीको यो हदसम्मको नाटक, जनता फसाउन उधारो कारोबारको ‘पासा’ !

अपरेशन नम्बर ९
जनता लुट्ने हुन्डाईको नयाँ ‘टेक्निक’ ! नयाँ बर्षमा ‘शुन्य ब्याजमा गाडी किन्न पाउने योजना’

अपरेशन नम्बर ८
मिस नेपाललाई प्रयोग गरेर हुन्डाईले सुरु गर्यो ठगीको अर्को एपिसोड, गैरकानुनी रुपमा बेचिंदैछ २०१७ ग्राण्ड आर्इ -१०

अपरेशन नम्बर ७
‘असुरक्षित’ भएको थाहा पाएपछि केपी ओलीले स्कोरपियो चढ्न छाडेको खुलासा !

अपरेशन नम्बर ६ 
हुन्डाइ कार बेच्ने कम्पनी भन्छ, ‘पत्रकारको काम लेख्ने हो, लेखिरहुन्, हाम्रो काम जनता लुट्ने हो, लुटिरहन्छौं’

अपरेशन नम्बर ५  : 
अपरेशन नम्बर ४ : 
अपरेशन नम्बर ३ :

अपरेशन नम्बर २ : 

अपरेशन नम्बर १ : 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: