×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दसैंका मुखैमा दुई मन्त्रीको जागिर चैट !

काठमाडौँ – लोकतान्त्रिक फोरमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देव र भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितलाई सरकारबाट फिर्ता बोलाउने भएको छ ।
कार्यसम्पादन समिति बैठकमा मन्त्रीद्वयले गरेको भूमिका सन्तोषजनक नभएको आवाज उठेपछि पार्टीले उनीहरुलाई दशैंलगत्तै फिर्ता बोलाउने तयारी गरेको हो ।
बैठकमा अधिकांश नेताले मन्त्री हेरफेर गर्न माग गरेका थिए । त्यसपछि उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रीसमेत रहेका पार्टी अध्यक्ष विजयकुमार गच्छदारले मन्त्रीद्वय देव र दहितलाई दशैंलगत्तै फिर्ता बोलाउने जानकारी गराएका थिए ।
उपाध्यक्ष रामजनम चौधरीले देव र दहितलाई दशैंलगत्तै मन्त्रीबाट फिर्ता बोलाइने बताए । – नयाँ पत्रिकाबाट
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: