×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आपूर्तिमन्त्रीज्यू, एउटै गाडीमा २५ लाख बढी कुम्ल्याउने हुन्डाईलाईचाहिं कहिले कारवाही हुन्छ ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – दशैँ तिहारको मौकामा दशैँ तिहार खर्च उठाउनकै लागि कमिसन नदिने हरुकहाँ सरकारी निकायले छापा मार्ने गरेको गुनासो धेरैअघिदेखि हुँदै आएको छ । यसै क्रममा सोमबार आपूर्ति मन्त्रालयले दरबारमार्गमा अन्तराष्ट्रिय ब्राण्डका सामान बेच्ने चार पसल शिलबन्दी गररेको छ । आपूर्ति मन्त्री शिवकुमार मण्डलको नेतृत्वमा सोमबार गरीएको आकस्मिक अनुगमनको क्रममा उपभोक्ता ठगी गरेको भेटिएपछि पसलहरु बन्द शिलबन्दी गरीएको हो । नाईकले ४ हजार ७ सयको खरीद बिलको जुत्ता २६ हजार ९ सय ९० रुपैयाँमा विक्री गरेको, २ हजार ६ सय को सामान २६ हजार रुपैयाँमा विक्री गरेको फेला परेको थियो । आपूर्ति मन्त्रीको निर्देशनमा दरबारमार्गको स्टोरवन, ब्रेण्टली, पुमा र नाईक पसल शिलबन्दी गरीएको हो । 
यता हुन्डाईले गरेको कालोबजारी भने आपूर्तिमन्त्रीले सेटीङमै आँखा चिम्लिएको आरोप लागेको छ । ‘आपूर्तिमन्त्रीले अहिले गरेको काम सराहनीय छ । तर दशैं खर्च उठाउने नाममा गरिने यस्ता सिजनेबल कारवाहीले केहि हुने वाला छैन । सानालाई मात्र होइन ठुला व्यापारीहरुलाई पनि समात्नु पर्यो । आँट छ भने आपूर्तिमन्त्रीले हुन्डाईको स्वरुममा सिलबन्दी गर्न सक्नुपर्यो ।’ आपूर्तिमन्त्रालयकै एक उच्च तहका कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।       
हुन्डाईले यसरी गर्छ कालोबजारी !
नक्सालमा कार्यालय भएको  लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालिले दक्षिण कोरियामा उत्पादन हुने ‘हुन्डाई’ कार बिक्री गर्छ । हुन्डाईको पेट्रोलबाट चल्ने ‘ग्रान्ड माज्ना’ करसहित १६ लाख ६९ हजारमा आयात गरेर कम्पनीले २६ लाख ५६ हजारमा बिक्री गर्छ । अर्थात एउटा गाडीमा झन्डै १० लाख नाफा खाएर विक्री गर्छ कम्पनीले ।

धेरै चलेको ब्राण्डका नाममा ‘ग्रान्ड माज्ना’मा लक्ष्मी इन्टरकन्टिनेन्टलले अत्याधिक लुट मच्चाएको छ ।  २०% भन्दा बढी नाफा राखेर सामान बेच्न नपाइने भन्ने सरकारी नियम भएपनि ऐनको स्पष्ट व्यवस्थालाई अटेर गरी कम्पनीले लुट मच्चाईरहेको छ । तराइको एक भन्सार कार्यालयबाट हामीले लिएको तथ्यांक अनुसार लक्ष्मीले एउटा कारमा ५९ दशमलव ०७ प्रतिशत नाफा लिन्छ । अर्थ सरोकार डटकमले प्राप्त गरेको कागजअनुसार भन्सार छुट्ने बेलामा ग्रान्ड माज्ना कारको मूल्य १६ लाख ६९ हजार ६ सय ७० रहेको छ । 

यसो त हुन्डाईले यो मोडलको गाडीमा मात्र लुट मच्चाएको भने होइन । अन्य २० वटा मोडलका गाडीहरुमा नै लक्ष्मीले यस्तो लुट मच्चाउने गरेको तथ्य फेला परेको छ । कम्पनीले १९७६१०८ रुपैयाँमा खरिद गर्ने Grand Asta O (Petrol) गाडी ३०५६०००मा बेच्ने गरेको छ । यो भनेको विक्रिमा ५४.६६ प्रतिशत नाफा हो । यस्तै कम्पनीले Eon Delite (petrol) १०८९४४० रुपैयाँमा खरिद गर्छ भने १६५६००० मा विक्री गर्छ । यो भनेको विक्रिमा ५२ प्रतिशत नाफा हो ।  

यस्तै ११६३८९२ रुपैयाँमा कम्पनीले खरिद गर्ने Eon Delite (petrol)+ मोडलको गाडी कम्पनीले १७५६००० अर्थात झन्डै ५१ प्रतिशत नाफा खाएर बेच्ने गरेको छ । यस्तै कम्पनीले Eon Era + (Petrol) मोडलको गाडी १२५६१११मा किनेर १८९६००० अर्थात  ४९ प्रतिशत नाफा खाएर बेच्ने गरेको छ । यस्तै 120 Active SX (Diesel) मोडलको गाडी ३१०६२१९ रुपैयाँमा किनेर कम्पनीले ४५५६००० अर्थात ४७ प्रतिशत नाफा खाएर बेच्ने गरेको छ ।     

यता Creta मोडलका हरेकजसो मोडलमा कम्पनीले लुट मच्चाउने गरेको छ । कम्पनीले Creta 1.6 Base(petrol) २८३३७९८ रुपैयाँमा किनेर ४१५६००० मा बेच्ने गरेको छ । यो भनेको नाफामा उसले ४७ प्रतिशत नाफा लिने गरेको छ । यस्तै Creta १.६ SX (O) (Diesel) मोडलको गाडी कम्पनीले ४१८९१०० रुपैयाँमा किनेर ६०९६००० रुपैयाँमा बेच्ने गरेको छ । यो भनेको नाफामा झन्डै ४६ प्रतिशत हो । यस्तै Creta १.६(S) (Petrol) मोडलको गाडी ३१४२३०४ रुपैयाँमा खरिद गरेर कम्पनीले झन्डै ४५ प्रतिशत नाफा खाएर बेच्ने गरेको छ । 

यस्तै कम्पनीले Creta १.४ Base (Diesel) मोडलको गाडी ३१७४९६७ मा किनेर ४५५६००० रुपैयाँमा बेची झन्डै ४४ प्रतिशत नाफा खाने गरेको छ । यस्तै कम्पनीले Creta १.६ SX + A/T (Diesel) ४३५७८८३ मा किनेर ६१५६००० अर्थात ४१.२६ प्रतिशत नाफा खाने गरेको छ । यस्तै कम्पनीले Creta SX+ (Diesel) मोडलको कार ४१८९१०१ रुपैयाँमा किनेर ५७५६००० रुपैयाँमा बेच्ने गरेको छ । यो भनेको नाफामा झन्डै ३७.४० प्रतिशत हो ।

यस्तै Creta का  अन्य केही मोडलहरुमा पनि कम्पनीले लुट मच्चाएको छ । ती गाडीहरुमा कम्पनीले ३० देखि ४० प्रतिशतको हाराहारीमा नाफा कुम्ल्याउने गरेका छन् । यद्यपी कम्पनीले टक्सन जिएलएस एटी हाइ ट्रिम, टक्सन जिएलएस एटी लो ट्रिम र टक्सन जिएलएस एमटी लो ट्रिम मोडलको गाडी विक्री गर्दा भने नियम अनुसार नै गरेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: