×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

घटेको बजारदेखि नआत्तिनूस्, नेपाली पूँजी बजार ‘कर्कलाको पानी र बुढाको जवानी’ जस्तो होईन है !

  • नवराज घिमिरे :- लगानीकर्ता / विश्लेषक 
नेपाली पूँजी बजार पछिल्ला केहि दिनबाट लगातार रुपमा घटिरहेको छ । सेयरको सिजन मानिने महिना साउन , भदौमापनि यस प्रकारको घटिरहने प्रकृयालाई सेयर मार्केटका केहि भुक्त भोगी हरु २०६७/६८ को पुनरावृति हो की भनीरहेका छन् । तर मेरो दश वर्षे अनुभव र बुझाई थोरै भिन्न प्रकृतिको छ ।
मैले अनुभव गरे अनुसार नेपाली पूँजी वजारमा प्रत्येक ३/४ वर्षमा एउटा ‘वुल रन’ आएकै छ । यहाँले २०५० सालवाट २०७३ साल सम्मलाई आकलन गर्नु भयो भने कतैन कतै पक्कै ३/४ वर्षको फरकमा एउटा सानो ठूलो ‘बुल’ आएकै छ । जसरी २०६७ सालको कुरा गरियो , त्यस वेलाको देशको परिस्थिती र अहिलेको देशको परिस्थितीमा आसमानको फरक छ । जतिवेला कुल ग्राहस्थ उत्पादन (GDP ) माइनस थियो । अहिलेको GDP हेरौ कुन अवस्थामा पुगेको छ । २०६७ सालकै अर्को कुरा गरौँ, जव दशै आयो वैक हरुले वचतकर्ताको रकम समेत दिन नसकि रहेको अवस्था थियो ।
घर जग्गा धारासायी भएको थियो । घर जग्गामा वैना गर्यो की वैनामै नाफा कमाउने प्रवृतीको अन्त्यनै भएको थियो । केही घर जग्गाका विचौलियाहरु वैना फसेकोमा सुसाईट गर्न समेत पछि परेका थिएनन् । कतै पनि पैसाको मुमेन्ट हुन सकिरहेको थिएन । सेयर लगानिकर्ताले आफ्नो हकप्रद सेयर किन्न समेत जान छोडेका थिए । नाम चलेका कमर्सियल वैंकका सेयरको मूल्य रु.१२५/- देखि रु.२५०/- भित्र थियो । कम्पाण्ड भित्र वैंक हरुले भोटे कुकुर छोडे सरह थियो । 
मानिस वैंकभित्र आउन जान छोडि सकेका थिए । देशमा रेमिटेन्स न्यून मात्रामा भित्रन्थ्यो । यस अवस्थावाट त्राहिमाम त्राहिमाम भएका सेयर लगानिकर्ता आफ्नो गर्जो टार्न जतिमा विक्छ फाल्ने भन्दै व्रोकर अफिस धाई रहेको देख्न सकिन्थ्यो । वैंकहरुले ठूलो मात्रामा लगानी घर जग्गामा गरेको हुनाले व्याज समेत भुक्तानी हुन नसकिरहेको अवस्था थियो । 
घेरै भन्दा घेरै वैंकहरुले लगानीकर्तालाई वोनस लगायतका डिविडेनहरु दिन नसक्ने अवस्थामा थिए । प्रत्येक हप्ता जसो फलानो वैंकले घर जग्गामा घेरै लगानी गरेछ सो वैंक डुव्दैछ भन्ने हल्ला वजारमा चलिरहेको हुन्थ्यो । सवै व्रोकर अफिसमा सन्नाटा झै छाईरहेको हुन्थ्यो । ४/५ मिनेटको अन्तरालमा मुस्किलले एक वटा कारोवार हुन्थ्यो । दिन भरिमा ९०/९२ लाखको मात्र कारोवात हुन्थ्यो । नाम चलेका व्रोकर अफिसमा समेत लगानीकर्ताको उपस्थिती अत्यान्त न्यून हुन्थ्यो । 
आजको परिस्थिती धेरै भिन्न छ । अहिलेको कुल ग्राहस्थ उत्पादन ( GDP) घेरै उच्च ७ .५ अंकमा छ । अहिले वैंकमा तरलता प्रयाप्तता छ । घर जग्गाको मूल्य यति सम्म उच्च भएको छ की त्यस ताका रोपनी आउने पैसाले अहिले आना समेत आउदैन । घर जग्गामा वैंकहरुले गरेको लगानी सावाँ, व्याज, हर्जना समेत गरी फर्किसकेको अवस्था छ । अधिकांश वैंकहरुको पूजी ८ अर्व नजिक पुगेको छ । यस्तो अवस्थामा समेत वैंकहरुको नाफा उच्च दरमा छ । वोनस घोषणा समेत उच्च दरको हुने संकेत मिलिसकेको छ । 
विमा समितीले समेत २०७५ असार मसान्तमा लाईफ इन्सुरेन्सलाई २ अर्व र नन् लाईफ इन्सुरेन्सलाई १ अर्व पुर्याउनु पर्छ भनि ताकेता गरि रहेको छ । गत वर्ष वैंकमा वुल रन चले जस्तो यो वर्ष इन्सुरेन्स कम्पनीमा वुल रन चल्नेनै छ । पहिला जम्मा २५ वटा विरोकर र ४०/५० हजार जति लगानीकर्ता रहेको वजारमा अहिले ५० वटा व्रोकर र झण्डै १५ लाखको संख्यमा लगानीकर्ता रहेका छन । 
अझ शुन्दर पक्ष केहो भने पहिले यो काठमाण्डौको खाल्डोमा मात्र सिमित रहेका व्रोकर हरु अहिले ताम्लो काम्लो वोकी देशका प्रमुख शहर हरुमा पुगि सकेका छन । नेप्सेले सक्षम जिएम पायो भने २०७४ कार्तिकवाट अनलाईन ट्रेडिड: सुरु हुने कुरा नकार्न सकिदैन । फेरी २०७४ मंसिर १० र ११ गते प्रादेशिक चुनाव सम्पन्न गर्ने गरि मंन्त्रिपरिषदवाट निर्णय भै निर्वाचन आयोगले समेत सो निर्णयलाई अक्षरंश पालना गर्ने गरि मतदाता नामावलि संकलन गर्ने कार्य लाई तिव्रता दिएको छ । 
त्यसैले मैले वारम्वार लगानिकर्ता मित्रहरुलाई भन्दै आईरहेको के हो भने यस्तो विषम परिस्थिमा अत्यावस्यक काममा भन्दा वाहेक सेयर विक्री नगरौं । नेपालको मात्र होइन संसार भरिकै सेयर मार्केट भनेको कर्कलाको पानी र वुढाको जवानी जस्तो होइन । जव हामिले सेयर कारोवार लाई मुल व्यवसाय वनाउन खोजिरहेको छौ भने धैर्यवान हुन पनि सिकौ । लहै लहैमा लागेर उम्रदैका तिनपाते कम्पनीमा पैसा खान्याई भोलि पल्टवाटै पुरपुरामा हात लगाउने वातावरण नवनाउ । 
जसले गत वर्ष वैंकको सेयरमा लगानी गरेर मनग्य अर्थोपार्जन गरे तिनै लगानीकर्ता यस वर्ष राम्रा राम्रा विमा कम्पनीको सेयरमा पैसा लगाउन तल्लिन छन भन्ने पनि नभुलौ । आफ्नो क्षमताले भ्याइन्जेल मात्र लगानी गरौं । ७५% पूँजी आफ्नै लगानी गरौं वाँकी २५% पूँजी वार्षिक १०/१२% सम्म व्यजमा खोजि लगानी गर्दा सम्म फरक पर्ने छैन । गतिलो कम्पनी छान्ने जिम्मा चै तपाँईकै हातमा हुनेछ । मैले पहिला पहिलाका लेख , अार्टिकल हरुमा यसै अर्थ सरोकार डटकम मार्फत कम्पनी छान्ने तरिका समेत पस्कि सकेको छु । अवस्य मेरो पुरानो लेखहरु वाट यहाँहरुलाई कम्पनी छनोट गर्न सहयोग मिल्ने नै छ । वाँकी अर्को लेखमा लेख्नेछु ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: