×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हेलो नेपाल आइडल ! यस्तो कुरा फेसबुकमा लेख्न अलिकतिपनि लाज लागेन ?

समाचार टिप्पणी – एकाविहानै नेपाल आइडलले आफ्नो फेसबुक पेजमा एउटा स्ट्याटस राखेको छ । आफु सहि र अरु सबै गलत भन्ने जसरी राखीएको उक्त स्ट्याटसमा विभिन्नखाले टिका टिप्पणी भएका छन् । जसमध्ये सुरज प्याकुरेलले गरेको टिप्पणी यस प्रकार छ । बोल्ड अक्षरमा लेखिएका कुरा नेपाल आइडलले फेसबुकमा पोस्ट गरेका कुराहरु हुन् ।

१. जे गरिएको छ, शोको नियमको अधीनमा रहि शोको लाईसेन्स दिनेले भनेअनुसार गरिएको छ । अमेरिकन वा ईन्डियन अाईडलमा जे हुन्छ, नेपाल अाईडलमा पनि त्यहि भएकाे हाे ।
यसरी फ्रेंस्चाईजका नाममा शो ल्याउँदा नेपालको परिवेश र नेपालीहरुको सेन्टीमेन्टको अध्ययन गर्नचाहिं आवश्यक ठान्नुभएन ? इन्डियन आइडलमा जे हुन्छ, त्यहि नेपाल आइडलमा पनि त्यहि सबै कुरा गर्न पाइने हो र ? कतिपय भारतीय शोहरुमा गौतम बुद्ध भारतमा जन्मिएको भनी भ्रम फैलाउने गरिन्छ । भोलि इन्डियन आइडलमा कसैले यस्तो दावी गर्यो भने नेपाल आइडलमा पनि यस्तो भन्न मिल्छ र ? कुरा नेपालीहरुको सेन्टीमेन्टको हो नि ! होइन र ?  अर्कोतर्फ इन्डियन आइडलमा यस्ता विवाद कति बनेका छन् कति । इन्डियन आइडलले कहिले पनि यस्तो स्पष्टीकरण दिन खोजेन । तपाईंहरुको हतासचाहिं के का लागि ? यो कुरा पनि अमेरिकन आइडल र इन्डियन आइडलबाट नै सिक्दा राम्रो हुन्थ्यो नि !  अमेरिकन आइडलको फाइनल अमेरिकामै हुन्छ, इन्डियन आइडलको भारतमै ! नेपालको चाहिं किन कतारमा ? किन नबोलेको यस विषयमा ?

२. नेपाल आईडलका बारेमा जथाभावी र सहनै नसकिने गालीगलौच, तुच्छ विचार र अमर्यादित शब्द सामाजिक संजालहरुमा पोष्ट गरेर केही व्यक्तिले स्वयंकै स्तर त जनाएका छन् साथै ती संगीतसाधक नेपाल आईडलका प्रतिस्पर्धीहरु लाई हानीसमेत पुय्राउँदै आएका छन । 
त्यसमा कुनै शंका छैन । जसका बारेपनि जथाभावी बोल्दा नीजलाई हानी पुग्छ नै ।  तर ब्रेकपछी रिजल्ट देखाउँछौं भनेर झुट बोल्दाचाहिं दर्शकको मुटु कति ढुकढुक भएको थियो होला । त्यसरी दर्शकको सेन्टीमेन्ट संग खेल्न पाइन्छ र ? उत्शुक बनाउने र अन्त्यमा केहि पनि नगर्नेपनि त अमर्यादित काम भएन र ? त्यसलेचाहिं दर्शकको मनमा वा विश्वासमा हानी पुर्याएन र ?  

३. असन्तुष्टिको पनि तरिका हुन्छ, ईन्टरनेटमा पहुँच छ भन्दैमा समाजलाई अपाच्य हुने तल्लोस्तरको भाषा नेपाल आईडलका प्रतिष्ठित जज, कर्तव्यनिष्ठ कर्मचारी एवं मर्यादित कम्पनीप्रति जथाभावी लक्षित गर्दै आफ्नो कुण्ठा व्यक्त गर्ने छूट कसैलाई पनि छैन भन्ने सचेत गराउँदछौ ।
जनता झुक्याउने पनि तरिका हुन्छ । सामान्य जनताले बुझ्दा पनि भोट गरेवापत आउने पैसा बढाउन नै त्यस्तो गरिएको भन्ने भान हुनेगरी कार्यक्रम गर्नु कति सम्म जायज हो । फ़्रेन्स्चाइज शो हो भन्दैमा दर्शकलाई नै अपाच्य हुने काम गर्न पाइन्छा र ?
  

४. हामी तर्कयुक्त गुनासो अवश्य पनि सुन्नेछौ र त्यसको सम्बोधन पनि गर्नेछौ तर हामीलाई अनाहकमा तथानाम भन्दै जाने र हामी एपिवान चुप लागेर सहेर बस्ने प्रकृतिका व्यक्तिहरुको समूहले गठीत कंपनी अवश्य पनि हैनौ भन्नेतर्फ ती असभ्यहरूको ध्यानाकृष्ट गराउँदछौ । 
तथानाम बोल्नेहरुका विरुद्ध कानुनी कारवाही गर्नुहोस् । तर एक पटक आफुले गरेको काम पनि मुल्यांकन गर्नुहोस् । तर्कयुक्त गुनासो सम्बोधन भएको खोइ ? पैसा कमाउन नै त्यसो गरियो भन्ने आरोप शो लगत्तै लाग्दा त्यसको खण्डन गर्न किन आवश्यक ठानिएन ?    
५. त्यसैले हाम्राविरुद्ध अनर्गल प्रचारबाजी गर्ने, गालीगलौच गर्ने व्यक्ति समूह तथा केही अनलाईनहरुको डेटाबेस तयार गरि प्रहरीमा बुझाउने काम गरिरहेका छौ र साइबर क्राईम अन्तर्गत ती सबै पक्षलाई कडाभन्दा कडा कारवाही गराउने तयारीमा छौ साथै ती सबैका नाम धेरैभन्दा धेरै मिडियामा प्रकाशितसमेत गर्नेछौ ।
अरुलाई कारवाही गरेको सुचना धेरै भन्दा धेरै मिडियामा प्रकाशित गर्छौं भन्ने शक्नेले नेपाल आइडलमा आएको विवादका बारेमा धेरै भन्दा धेरै मिडियामा खण्डन गर्न किन आवश्यक ठानीएन । कुरा रह्यो अनलाइनको डेटाबेस प्रयोग गरी प्रहरीमा बुझाउने । एपीवानमा प्रशारण हुने नेपाल आइडललाई थाहा छैन कि क्या हो ? अनलाइनहरुमा प्रकाशित समाचारका विषयमा प्रहरीकहाँ होइन प्रेस काउन्सिलमा उजुरी गर्ने हो ।   
६. अहिले नानाभाती शंका गरि विद्वेस फैलाउने तर भोली आफुले चाहेकै प्रतिस्पर्धी नेपाल आईडल भएको खण्डमा कुन नैतिकताले हो त्यो स्वीकार्ने ? अलिकता पनि हेक्का छ कि छैन ? हामी नेपालीले नेपाली कार्यक्रमलाई विवादित बनाई बन्द गराउन लगाएर कुन विदेशी च्यालन र कार्यक्रमलाई सहयोग गर्न खोजेको हो सबैलाई थाहा हुन जरूरी छ । 
नेपालीलाई बिदेशी कार्यक्रमलाई सहयोग पुर्याउन खोजेको आरोप त्यतिकै लगाउन पाइन्छ ? नेपाल आइडलको विरोध गरेका सबै नेपालीसंग त्यो पहुँच होला र ? विवादित बन्ने काम गरेपछि विवादित बनिन्न र ? तपाईंहरुले चाहिं दर्शकलाई जे पनि भन्न पाइन्छ ? दर्शकको विरोध किन स्वीकार्न सक्नुहुन्न ? विरोध भएकै भरमा कार्यक्रम बन्द गर्न कसले भनेको छ र ?
७. विदेशी च्यालनलाई कराेडौ तिरेर नेपाल ल्याउने र त्यही च्यानलको त्यस्तै शोमा कराेडौ रुपैयाँ बराबरको भोट हालि केवल नेपाली मूलको कुनै व्यक्तिलाई जिताउँदा उल्लास मनाउने जत्रो उदार ह्दय भएका हामी अाफ्नै होनहार नेपालीलाई भाेट गरे भनेर कोलाहल मचाउने कदापी नेपाली हुन सक्दैनौं।
कोलाहर्ल  त्यो कारणले मच्चियेकै होइन । तपाईंले भने जस्तै आफुलाई मन परेको प्रतिष्पर्धीलाई नेपाल आइडल बनाउन सबै जना उत्साहित छन् । त्यत्रो लाखौँ भोट गरेकै हो नि ! पछि भोटकै लागि राजनीति भयो वा पैसा कमाउने खेल भयो भन्ने कुरामा विरोध भएको हो । यसलाई सकारात्मक हिसावले किन नलिने ?   
८. यसरी नेपाली टिभी र शाे बन्द गराई विदेशी च्यालन र शोलाई प्राेत्साहन गर्न लागि परेकाहरुको भीडबाट बचेर नेपाल र नेपाली भाषाका स्तरीय कार्यक्रमलाई माया गर्नुहुन अनुराेध छ।
त्यसरी विदेशी च्यानललाई प्रोत्साहन गर्न कोहि पनि लागेको छैन । यो तपाईंहरुको मनोरोग हो । बरु नेपालमा भारतीय च्यानल बन्द हुनुपर्ने आवाज उठ्दा पनि भारतीय च्यानल बन्द नगर्ने डीस होम नै तपाईं हरुको मुख्य प्रायोजक मध्येको एक हो । जनतालाई सेल्फी एक्सपर्टका नाममा महँगो मुल्यमा मूल्य अनुसारको गुणस्तर नभएको फोन भीडाउने ओप्पो देखि भारतमा बालबालिकाका लागि असुरक्षित भनिएको महिन्द्रा के यु भी १०० तपाईंको प्रायोजक छ । यसको दायित्व बहन गर्नु भएको छ ?    
९. भोटिगंको कुरालाई विवादित बनाएकोले गुनासो भएकाहरुका लागि आउने हप्ता कसरी निशुल्क भोट गर्ने व्यवस्था मिलाउन सकिन्छ भनि फ्रिमेन्टल मिडियासँग छलफल गरेका छौ यसबारेमा थप सूचना छिटै सार्वजनिक गर्नेछौ ।
हो यसरी सिधा सिधा गल्ती स्वीकार्नु राम्रो हो। 
१०. गतहप्ताको ३७.२० लाख भाेट SMS र Online Voting बाट प्राप्त संख्या हो, SMS बाट मात्र अाएको रकममा ५३% (प्रतिशत) टेलिकम अपरेटर, त्यसपछिको ४०% (प्रतिशत) सर्भिस प्राेभाईडर र बाँकीकाे रकममा फ्रिमेन्टल को ५०% (प्रतिशत) कटाएर करीब १७ लाख रुपैयाँमात्र यस शोलाई प्राप्त भएको हो। SMS भोटिंगको हिसाबकिताब केही थाहा नभएका अज्ञानीहरुले जे पायो त्यहि लेखेर समाजमा भ्रम फैलाएर शो बन्द गराउन खाेज्नेहरु अरूनै उद्देश्यवाहक एजेन्टहरूदेखि सावधान रहन अनुराेध गर्दछौ। 
१७ लाख आउने कुरा स्वीकार्नु भो । अव दर्शकको सेन्टिमेन्ट संग खेलेर आर्को १७ लाख थुपार्ने योजना होइन भनेर दर्शकले कसरी बुझ्नु ? 
११. नेपाल आईडल एक व्यवसायिक शो हो, करीब १०० जनशक्तिको डेढ वर्षसम्मको मेहनत यसमा लागेको भएको छ, नेपाली टेलिभिजनमा नयाँपन दिन प्रयासरत केही उत्साहि व्यक्तित्वहरुको करोडौ रुपैयाँ यसमा लगानी भएको छ, त्यो सब निशुल्क कसरी सम्भव छ ? एपिवानको त्यतिको अार्थिक लगानी र शोकै नियमानुसार त्यसमा भोटिंगको माध्यमबाट देशविदेशका नेपाली दर्शकको योगदानबाट केही नेपाली प्रतिभाहरुको जीवन फेरिने कुरालाई नाफाघाटाको व्यापारमात्र भन्न मिल्छ ? नबिर्सौ बाढीपीडितका लागि भनेर रू. अाठलाख पनि सहयोग गरिएको छ। 
बाढीपीडीतका लागि तपाईंले गर्नुभएको सहयोगको सबैले प्रशंसा नै गरेका छन् । त्यसका लागि धन्यवाद । माथि नि: शुल्क एसएमएसको व्यवस्था गर्दैछौं भन्ने अनि तल आएर यस्तो भन्ने विराधावास भएन र ? आफ्नो बोलीको पनि टुंगो लगाउने गर्नुहोस् ।    
१२. नेपालमा ३०अौं वर्षदेखि सरकारी र नीजि च्यानलहरु संचालित छन अाजसम्म कसैले पनि यो स्तरको शो नेपाली दर्शकलाई पस्कन नसकेको परिप्रेक्ष्यमा अाफ्नै भाषामा एउटा अन्तर्राष्ट्रियस्तरको शो ल्याउँदा र शोको नियम अनुसार नै गर्दा एपिवानले गलती कहाँ गरेको छ ? नेपालमा पनि यो स्तरको भव्य शो बन्नु अवश्य पनि गर्व गर्न लायक काम भएको छ, यो शो ले संसारभरका नेपालीलाई जोडेको छ, परिवार र केही साथीभाइमात्रले चिन्ने यी होनहार प्रतिभाहरु अाज नेपालकै अाईडल बनेका छन् यसमा यतिविघ्न विषवमन किन?
नेपाल आइडल ल्याउने एपीवानले गरेको कार्यको हामी मुक्त कण्ठले प्रशंसा गर्छौं ।  तपाईंले यहि कारण देखाएर भोटको राजनीति गरेको कुरालाई मात्र दर्शकले विरोध गरेका हुन् नि ! होइन र ?  यस्तो कुरा फेसबुकमा लेख्न अलिकतिपनि लाज लागेन ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: