×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कसैलाई पनि ‘एलिमिनेट’ नगरी नेपाल आइडलको पैसा कमाउने खेल, नेपाल टेलिकमसँग सेटीङको शंका !

काठमाडौँ – नेपाल आइडलबाट आजको अंकमा कोहि पनि बाहिरिएनन् । जजले आफ्नो अधिकार प्रयोग गरीए यस्तो गरेको भनिएपनि किन यस्तो गरियो भन्ने ठुलो प्रश्नचिन्ह उठेको छ । एपीवानमै आवद्ध केहिले यो काम निर्माताहरुकै निर्देशनमा टेलिकमबाट कमिसन लिनका लागि गरिएको बताएका छन् ।

एपीवानमै आवद्ध केहिले यो काम निर्माताहरुकै निर्देशनमा टेलिकमबाट कमिसन लिनका लागि गरिएको बताएका छन् ।

नेपाल आइडलमा जस्तै अन्य केहि देशका आइडल प्रतियोगितामा पनि यहि तरिका प्रयोग गरेर आयोजकले पैसा कमाउने गरेको आरोप लाग्ने गरेको थियो । यस विषयमा नेपाल आइडल समूहले केहि बोलेको छैन ।  तर निर्णायकको भनिएको यस्तो निर्णयपछी नेपाल आइडलको यो काम गलत भएको र पैसा कमाउने दाउ भएको आरोप धेरैले लगाईरहेका छन् भने सामाजिक संजालमा पनि यसको तीब्र बिरोध भइरहेको छ ।

हेर्नुहोस् सामाजिक संजालमा देखिएका केहि प्रतिक्रियाहरु

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: