×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विवाद चरम उत्कर्षमा पुगेपछी नि: शुल्क भोटिङको व्यवस्था मिलाउने नेपाल आइडलको तयारी !

काठमाडौँ – विवादले चरम रुप लिएपछी नेपाल आइडलले फेसबुकमा स्ट्याटस लेख्दै नेपाल आइडल समूहले नि: शुल्क भोटिङको व्यवस्था गर्न लागिएको र यसबारे छलफल भइरहेको उल्लेख गरेको छ । यसलाई धेरै नेपाल आइडलले गरेको गल्तीको स्वीकारोक्तिको रुपमा लिएका छन् ।
फेसबुकमा नेपाल आइडलले आफ्नो कार्यक्रमको बारेमा प्रष्ट पार्दै सबै प्रक्रिया नियम अनुसार नै भएको दावी गरेको छ । ‘जे गरिएको छ, शोको नियमको अधीनमा रहि शोको लाईसेन्स दिनेले भनेअनुसार गरिएको छ। अमेरिकन वा ईन्डियन अाईडलमा जे हुन्छ, नेपाल अाईडलमा पनि त्यहि भएकाे हाे । नेपाल आईडलका बारेमा जथाभावी र सहनै नसकिने गालीगलौच, तुच्छ विचार र अमर्यादित शब्द सामाजिक संजालहरुमा पोष्ट गरेर केही व्यक्तिले स्वयंकै स्तर त जनाएका छन् साथै ती संगीतसाधक नेपाल आईडलका प्रतिस्पर्धीहरु लाई हानीसमेत पुय्राउँदै आएका छन । सन्तुष्टिको पनि तरिका हुन्छ, ईन्टरनेटमा पहुँच छ भन्दैमा समाजलाई अपाच्य हुने तल्लोस्तरको भाषा नेपाल आईडलका प्रतिष्ठित जज, कर्तव्यनिष्ठ कर्मचारी एवं मर्यादित कम्पनीप्रति जथाभावी लक्षित गर्दै आफ्नो कुण्ठा व्यक्त गर्ने छूट कसैलाई पनि छैन भन्ने सचेत गराउँदछौ ।’ नेपाल आइडलले आफ्नो फेसबुकमा लेखेको छ ।
साथै नेपाल आइडलले केहि अनलाइनहरु विरुद्ध साइबर क्राइमको मुद्धा चलाउने समेत चेतावनी दिएको छ । ‘त्यसैले हाम्राविरुद्ध अनर्गल प्रचारबाजी गर्ने, गालीगलौच गर्ने व्यक्ति समूह तथा केही अनलाईनहरुको डेटाबेस तयार गरि प्रहरीमा बुझाउने काम गरिरहेका छौ र साइबर क्राईम अन्तर्गत ती सबै पक्षलाई कडाभन्दा कडा कारवाही गराउने तयारीमा छौ साथै ती सबैका नाम धेरैभन्दा धेरै मिडियामा प्रकाशितसमेत गर्नेछौ ।’ नेपाल आइडलले फेसबुकमा लेखेको छ ।
  
‘भोटिगंको कुरालाई विवादित बनाएकोले गुनासो भएकाहरुका लागि आउने हप्ता कसरी निशुल्क भोट गर्ने व्यवस्था मिलाउन सकिन्छ भनि फ्रिमेन्टल मिडियासँग छलफल गरेका छौ यसबारेमा थप सूचना छिटै सार्वजनिक गर्नेछौ ।’ बिज्ञप्तिमा अगाडी भनिएको छ, ‘गतहप्ताको ३७.२० लाख भाेट SMS र Online Voting बाट प्राप्त संख्या हो, SMS बाट मात्र अाएको रकममा ५३% (प्रतिशत) टेलिकम अपरेटर, त्यसपछिको ४०% (प्रतिशत) सर्भिस प्राेभाईडर र बाँकीकाे रकममा फ्रिमेन्टल को ५०% (प्रतिशत) कटाएर करीब १७ लाख रुपैयाँमात्र यस शोलाई प्राप्त भएको हो। SMS भोटिंगको हिसाबकिताब केही थाहा नभएका अज्ञानीहरुले जे पायो त्यहि लेखेर समाजमा भ्रम फैलाएर शो बन्द गराउन खाेज्नेहरु अरूनै उद्देश्यवाहक एजेन्टहरूदेखि सावधान रहन अनुराेध गर्दछौ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: