×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लिम्बु टियु टपर, ज्ञवाली चार्टड एकाउन्टेन्ट, जीएम बन्ने दौडमा रहेका अरु कसको पढाइ कति ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेप्सेको जीएमका लागि अहिले अन्तिम ५ जनाको सुची तयार भएपछी यिनीहरु मध्ये को कति योग्य वा को कति अनुभवी भन्ने चर्चा चलीरहेको छ । योग्यता र कसैको क्षमतालाई सीधा असर गर्ने चीज भनेको पढाइ पनि हो । नेप्सेको जीएम हुनका लागि दौडमा रहेका चन्द्रसिंह साउद, प्रमोदराज शर्मा, प्रविन पन्दाक लिम्बु, मनोज कुमार ज्ञवाली र सिताराम थपलियामध्ये को कति पढेका छन् त ? आम जिज्ञासाको विषय हुन सक्छ यो । नेप्सेको जीमका लागि वाणिज्यशास्त्र, अर्थशाश्त्र, कानुनशास्त्र, व्यवस्थापनशास्त्र र गणितशास्त्रमध्ये कुनै एकमा स्नातकोत्तर गरेको वा चार्टड एकाउन्टेन्सी  उतीर्ण गरेको हुनुपर्ने भन्ने उल्लेख छ ।
कसले कति पढेका छन् ? 
जीएमको दौडमा रहेकाहरुमध्ये प्रमोद राज शर्माले त्रिभुवन बिश्वबिद्यालयबाट एमबिए गरेका छन् । पढाइमा अब्बल रहेका उनी हाल विभिन्न शंकायका विद्यार्थीहरुलाई अध्यापनसमेत गराउँछन् । यता जीएमको दौडमा रहेका मनोज ज्ञवाली चार्टड एकाउन्टेन्ट हुन् । भारतीय बोर्ड (आइसीएआइ) बाट चार्टड एकाउन्टेन्सी पढेका ज्ञवालीले शंकरदेब क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकसमेत गरेका छन् । व्यवस्थापन शिक्षा अन्तर्गत चार्टड एकाउन्टेन्सीलाई सबैभन्दा माथिको शिक्षाका रुपमा लिने गरिन्छ ।    
पछिल्लो समय नेपाली पूँजी बजारमा ‘कन्ट्रोभर्सी किंग’ को उपनाम पाएर निकै विवादित बनेका सीताराम थपलियाले वाणिज्यशास्त्रमा स्नाताक्कोत्तरसम्म गरेका छन् ।  यता सुदुरपश्चिमेली भएकै कारणले पनि प्रधानमन्त्री नजिक भएको भन्ने चर्चा चलेका चन्द्रसिंह साउदले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन् । उनीपनि शिक्षकसमेत हुन् । उनले विभिन्न पुस्तकसमेत लेखका छन् ।  
पढाइकै कुरा गर्ने हो भने नेप्सेको जीएमको दौडमा रहेकाहरुमध्ये प्रविन पन्दाक लिम्बु पढाइमा सबै भन्दा अब्बल छिन् ।उनले त्रिभुवन विश्वबिद्यालय अन्तर्गतको शंकर देब क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी छिन् । उनी त्यसताकाकी टियु टपरसमेत हुन् । उनले कानुनशास्त्र अन्तर्गत एलएलएम टप समेत गरेकी थिईन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: