×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

इन्भेष्टमेन्ट बैंक प्रक्ररण : यस्तो सजायको व्यवस्था छ धीतोपत्र कानुनमा, आँट छ धीतोपत्र बोर्ड ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपालमा प्रचलित धीतोपत्र कानुन अनुसार ‘झुक्याउने विवरण दिनेलाई १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन्छ’ भन्ने स्पष्ट उल्लेख भएको छ ।  यता त्यस्तो कारोबारबाट कसैलाई हानी नोक्सानी भएको रहेछ भने त्यस्तो हानी नोक्सानी समेत भराईदिनुपर्छ भन्ने समेत धीतोपत्र कानुनले बोलेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक प्रकरणमा पनि यो काम झुक्याउने नै गरी आएको भन्ने स्पष्ट देख्न सकिन्छ । त्यसैले यस्तो काम गर्नेहरुलाई तत्काल कारवाहीको प्रक्रिया अगाडी बढाउन आवश्यक देखिएको जानकारहरुको ठम्याई छ ।
अधिवक्ता एवंम् सेयर बजार विश्लेषक ज्योति दाहालका अनुसार यसरी झ्य्क्याउने विवरण दिनेलाई नगद जरिवाना र कैद सजाय दुबैको व्यवथा छ । उनका अनुसार धीतोपत्र बोर्डले थोरैमात्र आँट देखाएपनि यस्तो कार्य गर्ने व्यक्ति जेल जान्छ । तर उनलाई यो प्रकरण त्यतिकै सेलाउने शंका छ । ‘इन्भेस्टमेन्ट बैंकको यो किस्सा यत्तिकै हराउँछ । एउटाले नेप्सेलाइ गाली गर्छ अर्को ठुलोले भनेर उफ्रिन लाग्छ, अर्को दलालले गर्दा भन्छ । अनि मुल समस्यामा कोहि जान्न । कसैले हिलो नछ्यापी उजुरिमा लाग्ने भए हामी व्यक्तिगतरुपमा नै सहयोग गरिदिन्छौं।’ दाहालले भने ।
‘यता यसरी झुक्याउने विवरण पेश गर्नेलाई सदाको लागि कुनै पनि सार्वजनिक पद धारण गर्न नपाउने गरि निलम्वन समेत गर्नुपर्छ । अधिवक्ता दाहाल भन्छन्, ‘धितोपत्र वोर्डले कारवाही चालोस्’ ।  यदी धीतोपत्र बोर्डले कारवाही चालेको खण्डमा बैंकको महत्वपूर्ण ओहोदामा बसेकाहरुलाई कारवाही हुन्छ । यो काममा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे, बैंकका चिफ फाइनान्स अफिसर लगायतको हात रहेको आरोप लागेको छ । धीतोपत्र बोर्डले अलिकतिमात्र कारवाही प्रक्रिया अगाडी बढाए उनीहरु जेल जाने वा जरिवानाको भागीदार भन्ने निश्चित छ ।   यसमा धीतोपत्र बोर्डले अग्रसरता लिने हो भने सीइओ ज्योति प्रकाश पाँडे जेल जाने वा सजायको भागीदार हुने पक्का छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: