×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अन्तत : नेपाल इन्भेष्टमेन्ट बैंकको भदौ २१ गतेको कारोबार रद्द !

काठमाडौँ – विवादित नेपाल इन्भेस्टमेन्ट बैंकले लाभांश घोषणा गरेको दिनको शेयर कारोबार रद्द भएको छ । नेप्सेले उक्त कारोबार रद्द भएको जानकारी दिएको छ । बैंकले लाभांस घोषणा गरेको दिन भदौ २१ गते नेप्सेमा इन्भेष्टमेन्ट बैंकको ७ करोड नौ लाख ७७ हजार रुपैयाँ बराबरको ९१ हजार ९ सय ८९ कित्ता शेयर कारोबार भएको थियो । अघिल्लो दिन ७५७ रुपैयाँमा कारोबार बन्द भएको इन्भेष्टमेन्ट बैंकको लाभांस घोषणा गरेको दिन प्रतिकित्ता ८०५ रुपैयाँसम्ममा सेयर कारोवार भएको थियो । सरासर बेइमानी गरेको बैंकले पछि ‘टाईप मिस्टेक’ भएको बताएपछि मूल्य पुन घटेर अन्तिम कारोवार ७६२ रुपैयाँमा भएको थियो।
बैंकले सुरुमा २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा नेप्से मार्फत जानकारी गराएको थियो तर करिब आधा घण्टापछि बैंकले टाइप मिस्टेक भएको र प्रस्तावित लाभांश १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश भएको जनाएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: