×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राजधानीमा एनआइसीको बित्तीय सचेतना र्याली !

काठमाण्डौ । एनआईसी एसिया बैंकले भदौ ३१ गते शनिवारका दिन सर्वसाधारणमा वित्तिय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले एक बृहत् वित्तिय सचेतना र्यालीको आयोजना गरेको छ । 

बैंकको कमलादी शाखाबाट सुरु भएको सो र्याली काठमाण्डौंको विभिन्न मुख्य स्थानहरुको परिक्रमा गर्दै पुन: कमलादी शाखामा पुगी समापन भएको थियो । र्यालीमा बैंकका ६०० भन्दा बढी कर्मचारीहरुको सहभागिता थियो ।
बैंकले हाल ६ लाख भन्दा बढी निक्षेप ग्राहक, २८ हजारभन्दा बढी कर्जा ग्राहक ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकहरुलाई देशभर रहेका आफ्ना १२८ शाखा एवं विस्तारित काउन्टर मार्फत् उच्चस्तरिय र ग्राहक केन्द्रित सेवा प्रदान गर्दै आइरहेको छ । 
बैंकले सदैव आफ्ना ग्राहकहरुको सर्वोपरि हितलाई उच्च प्राथमिकता दिंदै विभिन्न आकर्षक, लाभदायी तथा ग्राहक केन्द्रित बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बचत खातामा वार्षिक ९ प्रतिशतसम्मको आकर्षक ब्याजदर प्रदान गर्दै आएको छ, जुन नेपाली वाणिज्य बैंकहरुले प्रदान गरेको ब्याजदर मध्येकै उच्च ब्याजदर रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: