×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आयल निगमको डेढ अर्ब भ्रष्टाचारमा तीन मिडिया मालिकबीच त्रिपक्षिय भिडन्त

काठमाडौं – नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा तीन ठुला मिडिया मालिकबीच त्रिपक्षिय भिडन्त सुरु भएको छ । जग्गा खरिद प्रकरण आयल निगम १ अर्ब २६ करोड अनिमितता गरेको पहिलो समाचार नागरिक दैनिकले लेख्यो । नागरिक दैनिकले निरन्तर समाचार लेख्न थालेपछि कान्तिपुर दैनिकले पनि कार्यकारी अधिकृत गोपालप्रसाद खड्कालाई लखेट्न सुरु गरयो ।
आयल निगम अनिमितता प्रकरणमा नागरिक दैनिकका मालिक बिनोद ज्ञवाली, कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहिया एक ठाउँमा छन भने अन्नपूर्णपोष्ट दैनिकका मालिक रामेश्वर थापा अर्काे कित्तामा छन् । ज्ञवाली र सिरोहियाले गोपाल खड्कालाई सिध्याउने गरी समाचार लेख्न आफ्नो सम्पादक मण्डललाई निर्देशन दिएका छन् भने थापाले आयल निगम अनिमितताका बारेमा कुनैपनि समाचार नबनाउन सम्पादक मण्डललाई उर्दी नै जारी गरेका छन् ।
आयल निगम अनिमितताको समाचार अन्नपूर्णपोष्टमा एक दिन प्रकासित भयो । जसको परिणाम प्रधान सम्पादक युवराज घिमिरेले पदबाट हात धुनु परयो । एपिवान टेलिभिजनले पनि एक पटक समाचार बाचन गरेको थियो तर एक घण्टामै हटायो ।
यी तीन मालिकको उदेश्य आयल निगमको अनिमितता भण्डाफोर र बचाउ गर्नेमा मात्र सिमिति छैन । नागरिक दैनिकले जग्गा खरिद प्रकरणमा भएको अनिमितताको समाचार लेख्नुभन्दा पहिले कार्यकारी निर्देशक गोपाल खड्कासँग मध्यरातसम्म छलफल गरेको थियो । समाचार रोक्न खड्का नागरिक दैनिकको कार्यालयमै पुगेका थिए । छलफलमा कुरा नमिलेपछि समाचार लेख्न मालिक ज्ञवालीले निर्देशन दिएका थिए । ‘राती १२ बजेपछि मात्र समाचार तयार पारेका थियौ’ नागरिक दैनिकमा कार्यरत एक पत्रकारले भने ।
नागरिक दैनिकसँग भएको छलफलका आधारमा निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पत्रिकाका मालिक र पत्रकारबिरुद्ध ८० करोडको क्षतिपूर्ति माग्दै अदालतमा मुद्दा दायर गरेका छन् । मुद्दाले नागरिक दैनिकलाई समस्या पारेको छ ।
आयल निगम प्रकरणको बचाउमा अन्नपूर्ण पोष्ट लागेको थाहा पाएपछि कान्तिपुर दैनिक नागरिकको पक्षमा पुग्यो । त्यसपछि कान्तिपुरले पनि कार्यकारी निर्देशक खड्काबिरुद्ध समाचार लेख्न थाल्यो । कान्तिपुर दैनिकमा अर्काेपनि रोचक पक्ष बन्यो । निगम प्रकरणको समाचार लेख्न कान्तिपुर दैनिकले आफ्ना जिल्ला समाचारदातालाई निर्देशन दियो । तर धेरै जिल्ला समाचारदाताले आयल निगम भ्रष्टाचार प्रकरणको समाचार नै लेखेनन् । डेस्कले जतिसुकै दवाव दिएपनि जिल्ला समाचारदाताहरु समाचार लेख्न तयार भएनन् ।
आयल निगमको अनिमितता छुपाउन अन्नपूर्णपोष्टदेखि विभागीय मन्त्रीसम्मलाई सफल भए कार्यकारी निर्देशक खड्का । नागरिक र कान्तिपुरका कारण उनको अनिमितता छुप्न सकेन । तर कारवाही गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि मौन बसेको छ । – एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: