×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जापानमा यी कांग्रेसी नेतालाई ‘नो इन्ट्री’ ! प्रदीप पौडेलसहित तीन जना विमानस्थलबाटै फर्काइए !

 

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं- नेपाली कांग्रेसको जनसम्पर्क समिति जापानको कार्यक्रममा भाग लिन शनिबार जापान गएका नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेललाई जापानको अध्यागमनले फर्काइदिएको छ । पौडेलसहित ३ जनालाई जापानको अध्यागमनले नेपाल ‘डिपोर्ट’ गरिदिएको हो । शनिबार नेपाली कांग्रेसको भातृ संस्था जनसम्पर्क समिति जापानको कार्यक्रममा भाग लिन जाने क्रममा उनलाई नागिता विमानस्थलमा अध्यागमनले हिरासतमा लिएको थियो । एक रात अध्यागमनकै हिरासतमा राखी आइतबार बिहान उनी सहित उनीसँग गएका दुई ‘पत्रकार’ पनि फिर्ता भएका छन् ।
समितिका पदाधिकारी डीवी कँडेलले पौडेलसहित कांग्रेसका नेता तथा सांसद धनराज गुरूङलाई समेत कार्यक्रममा बोलाएका थिए । धनराज गुरुङ सांसद भएकाले उनलाई अध्यागमनले प्रवेश दिएको छ ।  आयोजक संस्था जनसम्पर्क समितिका कँडेलले ठूलो रकम लिई असम्बन्धित व्यक्ति पौडेलसँग लगेको पाइएपछि सबैलाई अध्यागमनले हिरासतमा राखी शनिबार नेपालतर्फ डिपोर्ट गरिदिएको छ । ठूलो रकम लिएर मानव ओसारपसार गरेको देखिएपछि अध्यागमनले पौडेलसँग गएका कथित पत्रकारलाई आशंका गरी हिरासतमा लिएर नेपाल फर्काइदिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: