×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिराहाका १७ मध्ये ८ स्थानीय तहमा एमालेको अग्रता, सात वडाको नतिजा सार्वजनिक

काठमाडौँ । सिराहा जिल्लामा निर्वाचन भएका जम्मा सत्र स्थानीय तहमध्ये ८ तहमा नेकपा एमालेले अग्रता हासिल गरेको छ । त्यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम ४, माओवादी केन्द्र ३ र कांग्रेस २ स्थानीय तहमा प्रमुख पदमा अग्रता लिइरहेको छ । प्रारम्भिक नतिजाअनुसार एमालेले जिल्लाको भगवानपुर, सखुवा ननकारकट्टी, विष्णुपुर, नवराजपुर गाउँपालिका, लहान, सुखिपुर र कर्जन्हा नगरपालिकामा अगाडि छ । लहान नगरपालिकामा राप्रपाका मेयर उम्मेदवार लगनलाल चौधरीभन्दा ३० मतले एमालेका मेयर उम्मेदवार मुनी साह अगाडि छन् । चौधरी र शाह दुवै प्रतिस्पर्धी लहानका पूर्वमेयरसमेत हुन् ।
माओवादी केन्द्रले मिर्चैया नपा, गोलबजार नपा र अर्नमा गापामा अग्रता लिएको छ । मिर्चैया र गोलबजार नगरपालिका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ । यही क्षेत्रबाट प्रचण्ड दोस्रो संविधानसभा चुनावमा निर्वाचित भएका थिए । संघीय समाजवादी फोरम नेपालले औरही, लक्ष्मीपुर पतारी, बरियारपट्टी गाउँपालिका र सिरहा नगरपालिकामा अगाडि छ । औरही गाउँपालिकामा फोरमका प्रमुख पदका शिवजी यादवले सुरुदेखि नै धेरै मतले अगाडि देखिएपछि उनी निर्वाचित हुने पक्काजस्तै भएको छ । सिरहा नगरपालिकामा पनि सुरुदेखि नै फोरमका मेयर उम्मेदवार अशेश्वर यादव अगाडि छन् ।
नेपाली कांग्रेसले धनगढी र कल्याणपुर नगरपालिकामा अग्रता लिएको छ । कांग्रेसले सिरहाका अधिकांश स्थानीय तह जित्ने दाबी गरेका थिए । तर, मतपरिणाम सार्वजनिक हुँदा निकै पछाडि परेको देखिन्छ । सिरहामा राष्ट्रिय जनता पार्टी (राजपा)को हालत पनि कमजोर बनेको छ । १७ मध्ये १४ स्थानीय तहमा मात्र उम्मेदवार खडा गरेका राजपा कुनै पनि स्थानीय तहमा अगाडि छैन ।
सिरहाका १७ स्थानीय तहका १६४ वडामध्ये ७ वडाको मतपरिणाम सार्वजनिक भएको छ । लहान नगरपालिका-२ मा कांग्रेसका सीयाराम यादव वडाध्यक्षमा विजयी भएका छन् । कर्जन्हा गाउँपालिका-१ मा माओवादी केन्द्रका मोहनबहादुर खत्रीले वडाध्यक्षमा जितेका छन् । धनगढीमाई नपा १ मा एमालेका सुर्यनारायण महतो वडाध्यक्ष भएका छन् । कल्याणपुर नपा-१ मा राजपाका जयराम कामती वडाध्यक्षमा विजयी भएका छन् । कल्याणपुर नपा-२ मा वडाध्यक्ष विशेश्वर मुखिया बनेका छन् । उनी पनि राजपाका उम्मेदवार हुन् । औरही गाउँपालिका-१ मा संघीय समाजवादी फोरम सुमितलाल ठाकुर वडाध्यक्ष निर्वाचित भएका छन् । संघीय समाजवादी फोरमकै बद्रिनारायण यादव भगवानपुर गाउँपालिका-१ मा वडाध्यक्ष बनेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: