×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘तीतो’ नै सहि, सत्य यहि हो, ‘अहिलेको बजार ‘बियरिस ट्रेन्ड’मा छ, भाउ अझै सस्तिने छ’

  • सुहिल भुषाल (शुशील)

तर्क आ-आफ्ना होलान तर बजार धरै सत्यतामानै रहने हो । अहिलेको बजार  ‘बियरिस ट्रेन्ड’ गईसकेको छ । सेयरको भाउ अझै सस्तिने छ । बजारले देखाएको रेड सिंनलबाट कोहि कतै अचम्म मान्नु पर्नेनै छैन । बजार घट्नु स्वभाविक छ ।  किनकी अहिलेको यो सेयर बजारको इन्डेक्सलाई नेपालको अर्थतन्त्रले धान्नै सकिरहेको छैन । यो गरीब मुलकमा चरणवद्व रुपमा चुनावका मितिहरु घोषणा गरीएको छ । देश रेमिट्यान्सले चलेको छ ।
ठुला माहान चार्डपर्वहरु नजिकीरहेका छन । खर्च गर्ने सिजन शुरु भएको छ । लगानीको बातावरण छैन । लगानी गर्ने सिजन सकिदै छ । सरकारी पुँजीगत खर्च न्युन छ । चुनावी आचार सहिंसाले नेप्सेमा नयाँ निर्देशक तत्काल आउन सक्ने सम्भावना न्युन छ । अनलाइन ट्रेडिङ तत्काल आउने सम्भावनानै छैन  बार्है मास मास बजार बढ्छ भन्ने पण्डित या जोतिषि पण्डितको लहैलहैमा लागेर सर्वसाधारणको लगानी महंगो दरमा बजारमा गईसकेको छ । अहिले सर्वसाधारणसंग बजार हेरेर धुक निल्ने र क्याल्कुलेटरमा हिसाव सिमित राख्नु को विकल्प छैन । 
बजारको आफ्नै गति हुन्छ । बजार घटेको हैन , बजार बल्ल सहि ट्रयाकमा आउन लागेको हो । विगतमा पुँजी बुद्वि, बोनस, र राईट सेयरको हल्लाले ईन्डेक्स माथि पु्याईएको थियो । बजारमा सेयरको भाउ चाहिने भन्दा बढि आकासिएको थियो । यो लामो समय टिक्ने अवस्थामा थिएन र अहिले बजारले बल्ल सहि ट्रयाक लिदै छ । बजारमा सेयर भोलुमको हिसाव तपाइहरु राख्नु भएको होला । 
हिजो २–४ अर्वका बैंक अहिले ८ अर्वको पुँजीमा पुगेका छन । करोडमा खेल्ने इन्सुरेन्स अर्वमा पुगेका छन । पुँजी बद्विले सेयरको संख्या दोब्वर भन्दा बढि भैसकेको छ । यो भोलुम अहिलेको बजारमा देखिएको छ । बजारमा नँया लगानीकर्ता भित्रिनेको संख्या न्युन छ । अनि यो भोलुमको सेयर कस्ले किन्ने ? अलिकति प्रोफिट आए सवै सप्लाई गर्ने पक्षमा छन भने किन्ने को त ? त्यसैले बजारमा अधिक सप्लाई त आउने नै भयो यसमा अचम्म मान्नु पर्ने केहि कारण छैन । अबका दिनमा बैंकले नगद बोनसको मात्रा बढाउनेवाला छन् । 
आठ–आठ अर्वको पुँजी बैकले कहा लगानी गर्ने कुनै योजना देखिदैन । २० अर्व सम्मका नयाँ-नयाँ वित्तिय संस्थाहरु भित्रिदै छन् । नयाँ नयाँ ईन्सुरेन्सहरुले अनुमति पाईरहेका छन्  । सेयर लगानीकर्ताहरुले रोजेर लगानी गर्ने ठाँउ पाईरहेका छन् । बैकमा व्याजदर घटेका छ भन्ने हल्ला गरीदै छ, सेयर लोन सजिलै पाईन्छ भन्ने हल्ला चलाईदैछ । तर सर्वसाधारणको पँहुच कर्जा लिने ठाँउ सम्म पुग्दैन। अहिले बजारमा वित्तीय संस्थाहरुका रीपोट राम्रा छन यति प्रोफिट, उति बोनस, यति राईट भन्दै लगानी गर्ने बेला यहि हो भन्दै हल्ला चलाइएको छ । नपत्यए रीपोर्टहरु हेर्नुस् भनिदै छ ।  तर बैकले पत्रिकामा निकाल्ने रिपोर्ट र राष्ट्र बैंकलाई बुझाउने रिपोटमा कति सम्मको फरक हँदो रहेछ भन्ने समचारहरु त पढ्नु भएकै होला । 
सवैका बोनस, सवैका राईट अनी कस्ले कस्को सेयर किन्ने ? कसरी बढ्छ बजार ? ठुला लगानीकर्ताहरु तमसा हेरेर बसेका छन । बजारले तत्कालै यु टन लिन सक्ने अवस्थामा छैन । बजार वियर रिक्स टे«नमा गैसकेको छ यो राम्रो संकेट हुँदैहैन । यो ट्रेन्डमा लगानी थप गर्न डराउनु पर्ने अवस्था हो, लससेभ गर्ने बेला हो ।
हुन त अहिले बजारमा विश्लेषकहरु विभिन्न Tools को प्रयोग गरेर Analysis गर्दैछन् । Tools को प्रयोग गरेरे गरीने विश्लेषणहरु सहि हुन्छन भन्ने नै हुँदैन । बजारमा आज के भएको छ वा बिगतमा के भएको थियो त्यसको आधारमा भविष्यमा के होला भनि बजारको गतिविधिको आधारमा बिश्लेषण गरी पूर्वानुमान गर्ने बिधिलाइ प्राबिधिक बिश्लेषण ( Technical Analysis) भनिन्छ । यस विधिमा मूलतः बिगतको बजारको शेयर खरिद बिक्रीको त्चभलम हेर्ने गरिन्छ । त्यसको आधारमा बिश्लेषण गरि बजार के होला वा सेयरको मुल्य के होला भनी । ठ्याक्कै मिल्ने भए बजारमा किन नोक्सानी व्यहोर्नु पथ्यो होला र ? 
बजारमा आधारभुत विल्लेषण गर्नेहरु पनी छन । कम्पनीहरुको आधारभूत वित्तीय तथ्यांकहरुको बिश्लेषण गरि भविष्यमा कुनै पनि कम्पनीको सेयर मुल्य बढ्न सक्छ वा घट्न सक्छ भन्ने पूर्वानुमान लगाउने तरिका वा विधिलाई आधारभूत बिश्लेषण ( Fundamental Analysis) भन्ने हो । यस विधिमा मूलतः कम्पनीहरुले प्रकाशित गर्ने वित्तीय विवरणहरुको आधारमा प्रति सेयर आम्दानी , मुल्य आम्दानि अनुपात , प्रति सेयर कुल सम्पति मुल्य , प्रति शेयर नेटवर्थ , तरलता अनुपात , पुजी कोष अनुपात लगायतका आधारमा बिश्लेषण गर्ने गरिन्छ । यस आधारभूत बिश्लेषण बाट बिश्लेषण गरेर पनि फलानो कम्पनिको मुल्य भविष्यमा ठ्याक्कै यति नै हुन्छ भन्ने कुरा हुने भए किन एकै प्रकारका कम्पनीहरुको बजार मुल्य फरक पर्नुपथ्यो । ठ्याक्कै मिल्ने भए उस्तै उस्तै वित्तीय विवरण भएका कम्पनीहरुको मुल्य पनि बजारमा उस्तै उस्तै हुनु पर्ने होइन र ?
वास्तवमा अहिले बजार वियर रिक्स् ट्रेनमा गैसकेको छ , बुल ट्रेनमा जान सक्दैन । यस्तै अवस्था लामो समय रहने हो भने बजार त्रिपल डिजिट सम्म झर्न सक्छ । विचार गर्नेस , डिसिजन तपाईकै पक्षमा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: