×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइटी क्षेत्रमा करियर बनाउने हो ? टेक्सास कलेज बन्नसक्छ विकल्प !

काठमाडौँ- ‘करियर’ जीवनको मेरुदण्ड भएपनि यसलाई कता लैजाने भन्ने कुराको एकिन सहि समयमा र सहि तरिकाले गर्न नसक्दा पढाइमा मात्र होइन जीवनमै ‘ड्रप आउट’ भएकाहरु धेरै छन् । पछिल्लो समय आइटी क्षेत्रको विकास र यो क्षेत्रमा बढिरहेको अवसरलाई हेरेर आइटीमा आफ्नो भविष्यका सुन्दर सपना देख्नेहरु धेरै छन् । तर ‘स्पेसलाईजेसन’ को यो जवानामा आइटी क्षेत्रमा केहि खास गरेर आफ्नो करियर बनाउनेहरुको भविष्य पक्कै सुन्दर छ । यहि भीडमा आइटी क्षेत्रमा करियर बनाउनेका लागि कम्प्युटर सांस अन्तर्गतको स्नातक तहको डिग्रीमा नेटवर्क प्रविधि र साइबर सुरक्षा विषयको स्पेसलाइजेसन जो कोहीको करियर बनाउने राम्रो माध्यम हुनसक्छ ।

काठमाडौँका कलेज र टेक्सासको फरक यथार्थ 
काठमाडौँमा टोलनै पिच्छे कलेजहरु छन् भन्दा पनि अतियुक्ति हुँदैन । अझ टोल टोलमा भेटिने यस्ता कलेजहरुमध्ये धेरैले  विद्यार्थीलाई सपनाको बीज छरेर उत्पादन हुने ‘ब्ल्यांक चेक’ सम्झने गरेका छन् । गुणस्तरीय शिक्षा दिने फोकटको नारा लगाएर शिक्षाका नाममा राजनीति गर्नेहरु धेरै छन् । र त बेरोजगारहरुको संख्या बढेको छ । तर टेक्सास केहि फरक छ । काठमाडौंको मुटु मित्रपार्कमा रहेको टेक्सास कलेज विगत ९ बर्षदेखि शिक्षा क्षेत्रमा योगदान दिइरहेको कलेज हो । अझ यो स्पेसलाईजेसन कोर्षका लागि कलेजले पक्कै बढी मेहेनत गरेको छ । 
‘हामीकहाँ पढेपछी विद्यार्थी बेरोजगार बन्यो भने, त्योभन्दा पीडा अरु हुँदैन । ‘टेक्सासका निर्देशक भेषराज पोखरेल दावी गर्छन्, ‘ नेटवर्क प्रविधि र साइबर सुरक्षा सम्बन्धी विशेष कोर्ष संचालनमा ल्याएका छौं । प्रविधिको विकाससँगै देखिएका चुनौतीहरुलाई टेकेर यो कोर्ष पढेकाहरुले आफ्नो भविष्य बनाउन सक्छन् ।’  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: