×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिएसपीको सातो खाँदै एसएसपी, ठमेलमा दुई नियम !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० भाद्र २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

डिएसपीको सातो खाँदै एसएसपी, ठमेलमा दुई नियम !

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमूख एसएसपी रविन्द्र धानुकले आफू मातहत प्रहरी यूनिटका ईन्चार्जको सातो लिएका छन् । गैर कानुनी क्रियाकलाप गरे, लेनदेनका मुद्दा हेरे, सेवा ग्राहीलाई अनावश्यक दुःख दिएमा र कतैबाट आर्थीक लाभ लिएमा कडा कारवाहीको भागिदार हुनुपर्ने भन्दै सातो लिएका हुन् । 
परिसरको कमाण्ड सम्हाले लगत्तै मातहतलाई ब्रिफिङ गर्दै उनले बृत्तका डिएसपीलाई सुझाएका हुन् । आक्रमक शैलीमा प्रस्तुत भएका एसएसपी धानुकले बृत्तका डिएसपीलाई जो सुकैको पावरमा आएको भएपनि गल्ती गरे कारवाहीबाट जोगिने ठाँउ नभएको चेतावनी समेत दिई सकेका छन् । 
तत्कालिन समयमा एसपी रमेश खरेलको पालामा बन्द भएको लाईन खाने काठमाडौं प्रहरीको प्रचलन बिस्तारै शुरू भएको छ । रात्रीकालिन व्यावसाय देखि होटल र क्यासिनोबाट तत्कालिन समयमा बृत्त र प्रभागका ईञ्र्चाजले मासिक खाँदै आएका थिए । त्यो प्रचलन रमेश खरेलको आगमनसँगै बन्द भएको थियो । तर यहिले तीन बर्ष यता फेरि सुरू भएको चर्चा प्रहरी भित्रै छ । एसएसपी धानुकले कसैले कुनै व्यापारीसँग लाईन मिलाएर आर्थीक लाभ लिने जमाना गएको बताए । आफू मातहत कुनै प्रहरीले यस्तो हर्कत गरेको पाईएका कठा कारवाही गर्ने बताए । 
काठमाडौं अवसर भन्दा चुनौती बढी भएको क्षेत्रका रूपमा चिनिन्छ । राष्ट्र देखि अन्तराष्ट्रिय आपराधिक गिरोहको सञ्जाल समेत काठमाडौंमा जोडिएको छ । त्यसलाई चिर्न सक्नु नै काठमाडौं प्रहरीको सफलता मानिन्छ । प्रहरी ईन्चार्जको सरूवासँगै आफू अनुकुल नियम बनाउँने परिपाटीले व्यापारीसमेत मारमा पर्दै आएका छन् । प्रायः रात्रीकालिन व्यसायीमा आश्रितहरूको लागि प्रहरी ईञ्चार्जको सरूवाले पिरोल्ने गर्ने गरेको व्यापारीहरू बताउँछन् । 
रात्रीकालिन व्यापार रहेको राजधानीको मुटु ठमेल र दरबारमार्ग क्षेत्रमा प्रहरीका दुई बृत्त छन् । जसको कमाण्ड भिन्नाभिन्नै डिएसपीले सम्हाल्दै आएका छन् । ठमेलको केही भाग दरबारमार्ग बृत्तको क्षेत्रमा पर्छ । तर एढटा ठमेलमा दुई वटा नियम कानुन छ । दरबारमार्ग बृत्तका डिएसपी तिलक भारतीले आफ्नो क्षेत्रमा डान्सबारलाई १२ बजे र डिस्कोलाई दुई बजेसम्म खुल्न दिएका छन् । 
उता लैनचौर बृत्तका डिएसपी दिपक पोखरेलले पहिलाकै नियमलाई यथावत राख्दै डिस्को थेकलाई ४ र डान्सबारहरू दुई बजेसम्म नै सञ्चालन गर्न दिएका छन् । एउटै ठमेलमा कुनै बार १२ बजे नै बन्द गर्नु पर्ने कुनै दुई बजेसम्म खुल्ला रहने परिपाटीका कारण १२ बजे बन्द गर्नु पर्ने व्यापारीहरू मारमा परेको बताउँछन् । रेष्टुरेन्टको स्थलगत निरक्षण पश्चात मात्र समय बढाउने डिएसपी भारतीले उनका क्षेत्रका व्यापरीलाई जानकारी गराएको एक व्यापरीले बताए । तर दरबारमार्ग क्षेत्रमा रहेका केही डिस्को भने बिहान चार बजेसम्म सञ्चालन हुँदै आएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: