×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काँग्रेससँग मिलेपछि बाबुराम भट्टराईले किन सरापे एमाले–माओवादीलाई ? यस्तो रहेछ कारण

एमाले–माओवादीको गठबन्धनबाट बाहिरिएका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले अहिले तिनै पार्टीलाई सरापिरहेका छन् ।
प्रचण्ड-केपी ओलीले सत्ताका लागि गठबन्धन गरेको बुझेपछि आफू गठबन्धनबाट बाहिरिएको भट्टराईकाे भनार्इ छ । बाम गठबन्धन छोडेर लोकतान्त्रिक गठबन्धनतिर हानिएका भट्टराईले काँग्रेसभन्दा एमाले र माओवादीले बेइमानको राजनीति गरिरहेको आरोप लगाए ।
आगामी १० मंसिरमा हुने संघीय प्रतिनिधिसभाका लागि गोरखा–२ बाट उम्मेदवारी दिएका भट्टराईले सोमबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा एमाले र माओवादीले गठबन्धनलाई दाउपेचका रुपमा लिएकाले गठबन्धनमा हटाउन नसकेको दाबी गरे ।
‘एमाले र माओवादी केन्द्रले सत्तामा पुग्ने दाउपेचका रुपमा मात्र गठबन्धन गरेको थाहा पाएपछि हामी त्यहाँबाट बाहिरियौं’, भट्टराईले भने । सञ्चारकर्मीको एक जिज्ञाशाको जवाफमा उनले नयाँ शक्ति बाम लोकतान्त्रिक पार्टी भएकाले बामपन्थी वा लोकतान्त्रिकमध्ये जो कोहीसँग पनि तालमेल वा सहकार्य गरेर अघि बढ्न सक्ने तर्क गरे ।
उनले काँग्रेसँगको गठबन्धनलाई उदाहरणीयको संज्ञा दिए । गोरखाबाट सुरु भएको नयाँ शक्ति र काँग्रेसबीचको गठबन्धन नयाँ प्रयोग भएको टिप्पणी गरे ।
उनले गोरखालाई मुलुककै नमुना जिल्ला बनाउने सोच र योजना आफूसँग रहेकाले निर्वाचनमा मत दिएर जिताउन मतदातालाई आग्रह गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: