×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आईजीपीको पद धरापमा परेपछि बालकृष्ण ढुंगेल पक्राउ

काठमाडौँ  – नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । ढुंगेललाई ललिपुरस्थित सातदोबाटोबाट मंगलबार बिहान पक्राउ गरेको स्रोतले जनाएको छ ।
माओवादी जनयुद्धका समयमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
२०६४ सालको संविधानसभा चुनावमा ओखलढुंगा २ बाट निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला दोषी ठहर भएका थिए । उनीसँगै सजाय तोकिएका पूर्वमाओवादी नेता पुष्कर गौतम अहिले जेलमै छन् ।
ढुंगेलको सजाय माफीका लागि तत्कालिन बाबुराम भट्टराई सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तर, सर्बोच्चले सो सिफारिस कार्यान्वयन नगर्न भनेपछि ढुंगेल फरार भएका थिए ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सर्वोच्चको आदेश बमोजिम हत्या अभियोग लागेका ढुंगेललाई पक्राउ नगरी अदालतको मानहानी गरेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले कात्तिक ८ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
यता प्रधानमन्त्री शेरबहादुर देउवाले अर्यालविरुद्ध मुद्दा परेपछि डिआईजी जयबहादुर चन्दलाई आईजीपी बनाउने तयारीसमेत गरेका थिए । तथापी देउवाले चन्दलाई आइजीपी बनाउन पहिलेदेखिनै चलखेल गरिरहेका छन् । चन्द देउवा निकट मानिन्छन् ।
त्रिपाठीले महानिरीक्षकविरुद्ध १ वर्ष कैद सजाय माग गर्दै रिट दायर गरेका थिए । प्रहरी महानिरीक्षक अर्यालको पद नै धरापमा परेपछि प्रहरीले ढुंगेलको खोजि तीव्र पारिएको थियो ।
ढुंगेल पछिल्लो समय आत्मसमर्पण गर्ने मनस्थितिमा रहेको पार्टी निकट स्रोतले बतायो । उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० हत्या भएको थियो । – काठमाडौँ टुडे 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: