×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टिकटको विषयलाई लिएर एमाले बझाङमा कुटाकुट !

बझाङ – टिकट वितरणको विषयमा नेकपा एमाले बझाङमा चर्को असन्तुष्टि देखिएको छ । प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावका लागि पार्टी केन्द्रले पार्टीमा त्याग गरेका र सिनियर नेताहरुलाई पाखा लगाएर टिकट वितरण गरेको भन्दै एमाले बझाङभित्र असन्तुष्टि चुलिएको हो ।
गत साता बसेको एमालेको स्थायी समिती बैठकले केन्द्रमा एक मात्र क्षेत्र भएको बझाङमा वैकल्पीक केन्द्रीय सदस्य भैरव सिंहलाई टिकट दिने निर्णय गरेको थियो । सुरुमा केन्द्रिय सदस्य एवंम् पूर्व वनमन्त्री समेत रहेका नेता भानुभक्त जोशीलाई टिकट दिने चर्चा भएपनि अन्तिममा जोशीलाई पाखा लगाएर सिंहलाई टिकट दिएपछि पार्टीभित्र चर्को असन्तुष्टि पैदा भएको छ ।
माओवादी र एमालेबीच तालमेल भएपछि बझाङमा केन्द्रमा एमाले र प्रदेशमा क्षेत्र नम्वर १ बाट एमालेका अर्जुन थापा र २ बाट माओवादी केन्द्रकी देवकी मल्ल चुनाव लड्ने टुंगो लागेको छ । एमाले बझाङका जिल्ला अध्यक्ष दिलबहादुर सिंह प्रदेशमा आफुले टिकट पाउनुपर्ने भन्दै लविङमा थिए ।
उनले प्रदेशमा पनि टिकट नपाएपछि शनिबार धनगढीमा पत्रकार सम्मेलन गरेर पार्टीले गरेको टिकट वितरणको चर्को विरोध गरेका छन् ।
सिंहले पार्टी केन्द्रले हचुवाको भरमा टिकट वितरण गरेको भन्दै उक्त निर्णय आफुलाई मान्य नहुने बताए । सिंहले पार्टिमा योगदान दिएकालाई भन्दा आफू निकटलाई टिकट वितरण गरेको भन्दै असन्तुष्टी जनाए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: