×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एमाले–माओवादीलाई सिध्याउन कांग्रेसले बनायो यस्तो प्लान !

काठमाडौँ  – नेपाली कांग्रेसले वाम गठवन्धनमा आवद्ध नेकपा एमाले र माओवादी सिद्धिने चेतावनी दिएको छ । वाम गठन्धनमा कांग्रेसलाई सिद्धाउने नियत लुकेको दावी गर्दै कांग्रेसले उल्टै एमाले र माओवादी सिद्धिने चेतावनी दिएको हो ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रचार समिति संयोजक बालकृष्ण खाँडले भने, ‘पञ्चायतले कांग्रेस सिध्याउँछु भन्दाखेरि कांग्रेस सिद्धिएन, लोकतन्त्र सिद्धिएन, पञ्चायत सिद्धियो । राजाले कांग्रेस सिध्याउँछु भन्दाखेरि राजतन्त्र सिद्धियो । आज एमाले र माओवादीले कांग्रेस सिध्याउँछु, लोकतन्त्रलाई सिध्याउँछु, संसदीय व्यवस्थालाई उल्टाउँछु भन्दाखेरि संसदीय व्यवस्था उल्टिन्न, लोकतन्त्र सिद्धिन्न, कांग्रेस सिद्धिन्न, सिद्धिन्ने पालो एमाले र माओवादीको आएको छ ।’
उनले वाम गठवन्धन कांग्रेसका लागि अवसर र चुनौति दुवै भएको उनले बताए । उनले भने, ‘हिजो राजतन्त्र समाप्त गर्ने हामीलाई अवसर मिल्यो । आज नेपालका कम्युनिष्टहरु निरंकुश हुने क्रममा अघि बढ्दाखेरि उनीहरु समाप्त हुने दिन आइसक्या छ ।’
नेता खाँडले निर्वाचनमा नेपाली जनताको साथ पाउने र कांग्रेसको पूर्ण बहुमत आउने विश्वास व्यक्त गरे । ‘प्रदेशमा पनि हाम्रो बहुमत आउने छ, केन्द्रमा पनि हाम्रो बहुमत आउने छ,’ नेता खाँडले भने, ‘कांग्रेसको प्रधानमन्त्रीत्वमा, सातवटै प्रदेशमा मुख्यमन्त्रीत्वमा निर्वाचनपछि कांग्रेसको सरकार बन्नेछ ।’ – काठमाडौँ टुडे 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: