×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धनगढीको प्लास्टिक उद्योगमा भीषण आगलागी, ८० लाखको क्षति

कैलाली  – धनगढीको मेनरोडमा रहेको भट्टराई प्लास्टिक सोरुममा बिहीबार राति भएको आगलागीबाट करिव ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
बिहीबार राति साढे ७ बजेबाट सुरु भएको आगो ९ बजे पूर्ण नियन्त्रणमा आएको थियो । प्लास्टिकका सामान आगोले छिट्टै पिप्ने भएकाले धेरै क्षति भएको बताइएको छ ।
आगो निभाउन धनगढी उपमहानगरपालिकाको २ र गोदावरी नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो । त्यस्तै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासीको प्रयासले आगो नियन्त्रणमा आएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: