×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माओवादी केन्द्रका अध्यक्ष पनि केपी ओली !

काठमाडौँ – हाल चुनावी तालमेल र पछि पार्टी एकताको निर्णय गरेका एमाले, माओवादी केन्द्र र नयाँ शक्ति सबैको नेता एमाले अध्यक्ष केपी ओली हुने भएका छन् ।
तीन पार्टीबीच एकताअघि हुने बैठक र छलफलको अध्यक्षता र संयोजन ओलीले गर्ने सहमति भएको एक नेताले बताए । बुधबार एमाले उपाध्यक्ष बामदेव गौतम निवासमा बसेको तीन दलका शीर्ष नेताको अध्यक्षता पनि ओलीले नै गरेका थिए ।
‘पार्टी एकताअघि बैठकको अध्यक्षता र सयोजन केपी कमरेडले गर्ने कुरा भएको छ’, एक एमाले नेताले भने । तीन दलले मंगलबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी चुनावी तालमेलको घोषणा गरेका थिए । – काठमाडौँ टुडे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: