×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कमल थापाका लागि जनार्दन शर्माबाट खोसेको गृहमन्त्रालय गच्छदारलाई दिने तयारी गरेपछि हंगामा

काठमाडौं – राप्रपा अध्यक्ष कमल थापालाई गृहमन्त्री बनाउने आश्वासन दिएर सरकारमा सामेल गराएका प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को हंगामा खडा गरेका छन् । 
माओवादी केन्द्रका मन्त्रीलाई विनाविभागीय बनाएर विवादमा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि आफ्नैसँगको सम्बन्ध चिस्याउँदै लगेका छन् । थापाको आँखामा पट्टी बाँधिदिएर देउवाले गृहमन्त्रालय र परराष्ट्र मन्त्रालय आफैसँग राखेका छन् ।
मंगलबार प्रचण्डसँगको भेटमा देउवाले माअ‍ोवादी मन्त्रीलाई विनाविभागीय बनाइदिने चेतावनी दिएपछि प्रचण्डले पनि सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने चेतावनी दिएका थिए । तर, अन्तिम समयमा आएर मोआवादीले देउवाले निर्वाचन सार्न चलखेल गरेकाले निर्वाचन सफल हुन्जेल आफू सरकारमा रहने गृहमन्त्री रहेका माओवादी नेता जनार्दन शर्माले बताएका थिए ।
माओवादी मन्त्रीलाई हटाएर खाली भएको गृहमन्त्रालयमा कमल थापाको आँखा परेको थियो । तर, उनलाई देउवाले पत्याएनन् । अन्ततः देउवाले कृष्णबहादुर महराले सम्हालेको परराष्ट्रमन्त्रालय र शर्माले चलाएको गृहको जिम्मा कसैलाई नदिएर आफ्नै पोल्टामा राखेका छन् ।
देउवाको उक्त कदम देखेर थापा पनि रुष्ट बनेको स्रोतको दाबी छ । थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
खाली रहेको गृहमन्त्रालयको जिम्मेवारी कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदारलाई दिने तयारी भएको स्रोतको दाबी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: