×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिरहामा एमाले नेताको घाँटी रेटेर हत्या !

सिरहा  – सिरहामा एमालेका स्थाानीय नेताको गएराति हत्या भएको छ । कर्जन्हा नगरपालिका १० प्रयोगपुरका ३८ वर्षीय शशिभूषण साहको हत्या भएको हो । घरमा सुतिरहेका साहको घाँटी काटेर अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले बताए ।
काठको दुई तल्ले घरको भुइँतल्ला कोठामा साह र माथिल्लो कोठामा घरका अन्य सदस्यहरु सुतेका थिए । कर्जन्हा नगरपालिका १० मा एमालेको तर्फबाट वडा सदस्य उम्मेवार बनेर पराजित साहको सोमबार मध्यरातमा हत्या भएको स्थानीय एमाले नेता जगदिश महतोले जानकारी दिए । उनले भने, ‘घटना स्थल हेर्दा मुर्छित हुने अवस्था छ । पुरै घर रक्ताम्मे बनेको छ ।’
सिरहाका प्रहरी प्रमुख तथा एसपी कोइरालाका अनुसार अज्ञात समूहले धारिलो हतियार प्रहार गरी घाँटी रेटेर उनको हत्या गरेका छन् । हत्या कसले र किन गरेको भन्ने विषयमा अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । तर घटनाबारे अनुसन्धान थालेको र अपराधिको खोजी भइरहेको उनले बताए । हत्या गरिएका साहको शव अहिले पोष्टमार्टमका लागि लहान लगिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: