×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

तीन सय बढी ट्रक र कन्टेनर धमाधम केरुङतिर, यस्तो छ कारण

रसुवा – नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामान आयातका लागि ट्रक, कन्टेनर धमाधम केरुङ जान थालेका छन् । 
बडादशैँयता ३६८ वटा ट्रक।कन्टेनर केरुङका लागि प्रस्थान गरिसकेको र १०५ वटा ट्रक।कन्टेनर भने मितेरी पुलबाट केरुङ जाने प्रक्रियामा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेले बताए । 
साँघुरो सडक भएका कारण केरुङतर्फ जाने मालबाहक ट्रक।कन्टेनर लामबद्ध भई सडकमा आफ्नो पालो कुरिरहेको बताइएको छ । 
चीनबाट स्याउ, तयारी कपडा, बच्चाका खेलौना, विद्युतीय सामान, कपडा, जुत्ता, चप्पल, थर्मस, खाना पकाउने कुकरलगायतका सामग्री आयात हुने गरेको टिमुरेस्थित भन्सार कार्यालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: