×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नयाँशक्तिका अर्का नेता माओवादीमा फर्किए

काठमाडौँ – नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ट एउटै निर्वाचन क्षेत्रबाट उठेपछि यतिबेला सबैको ध्यान गोरखा क्षेत्र नम्बर– २ मा केन्द्रित छ । यस्तोमा पछिल्लो समय नयाँ शक्ति छाडेर सो क्षेत्रबाट माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड नै लाग्न थालेको छ ।
आइतबार गोरखा जिल्लाका नयाँ शक्तिका नेता बासु पोखरेल माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य तथा काठमाण्डु क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेद्वार पोखरेल माओवादीमा प्रवेश गरेका हुन् ।
‘सानो समूहबाट मुलुकको समृद्धि र राजनीतिक भविष्य सम्भव छैन’, माओवादी प्रवेश गर्दै नेता पोख्रेलले भने, ‘म विगतमा माओवादी केन्द्रमा नै सक्रिय थिएँ, बीचमा बाबुराम भट्टराईले केही गर्नुहुन्छ कि भन्ने ठानेर नयाँ शक्तिमा लागें । तर, नयाँ शक्ति आफ्नै अस्तित्वको संकटमा छ । तसर्थ माओवादी केन्द्रमै दत्तचत्त भएर लाग्ने सोचसहित पार्टी प्रवेश गरेको हुँ ।’
शनिबारमात्र नयाँ शक्तिका तर्फबाट निर्वाचित वडा सदस्यससहित १५१ जना नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले बाबुराम भट्टराईका पछिल्ला कदमले स्वयं भट्टराई र नयाँ शक्तिलाई संकटमा पारिरहेको बताए । माओवादी केन्द्रका नेता एवं गोरखा क्षेत्र नं. २ का उम्मेद्वार नारायणकाजी श्रेष्ठले नयाँ शक्तिबाट दिनहुँ माओवादी केन्द्रमा प्रवेशको लहर चलेको बताउँदै बवम गठबन्धनले जितेर मात्र देशको स्थीरता र समृद्धि सम्भव हुने बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: