×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेको जीएमका लागि तीन जनाको नाम सिफारिस आज, यी नाम पर्दैछन् उत्कृष्ट ३ मा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेप्सेको जीएमका लागि तीन जनाको नाम आज सिफारिस हुने भएको छ । केहि समयअघि उत्कृष्ट ५ जनाको नाम सार्वजनिक भएको थियो । नेप्सेको जीएम हुनका लागि दौडमा रहेका चन्द्रसिंह साउद, प्रमोदराज शर्मा, प्रविन पन्दाक लिम्बु, मनोज कुमार ज्ञवाली र सिताराम थपलिया उत्कृष्ट ५ मा चुनिएका थिए ।
स्रोतका अनुसार ठाडो राजनीतिक दवावका कारण इन्साइडर ट्रेडिङका आरोपित चन्द्र साउदलाइ उत्कृष्ट तीनमा राखिएको छ । अन्तर्वार्ता र ‘प्रिजेन्टेसन’मा उनी सबैभन्दा कमजोर भएको चर्चा चलेको भएपनि  पछिल्लो समय उत्कृष्ट ५ मा छानिएकामध्ये सबै भन्दा विवादित व्यक्ति चन्द्र साउदलाइ नै उत्कृष्ट ३ मा लैजान चरम दवाव आएपछि छनोट समितिका सदस्यपनि निरिह देखिएका छन् । उनलाई उत्कृष्ट ५ मै राख्न समेत छनोट समितिका सदस्यले आनाकानी गरेका थिए । तर चर्को दवावपछी उनी उत्कृष्ट ५ मा पुगेका थिए । उनी विरुद्ध इन्साइडर ट्रेडिङ गरेको भन्दै अख्तियारमा समेत उजुरी परेको छ ।
दोश्रो व्यक्तिमा सीताराम थपलियालाई लैजाने वा प्रविन पन्दाक लिम्बुलाई लैजाने भन्ने अझै तय हुन सकेको छैन । अन्तर्वार्ता र प्रस्तुती अनुसार लिम्बु निकै अगाडी छिन् भने पावरका हिसावले सीताराम थपलिया अगाडी छन् । यी दुइ मध्ये एक जनाको टुंगो लागिसकेको छैन । सीताराम थपलिया उत्रिष्ट ३ मा पर्न नै केहि रकम दिन तयार भएको स्रोतको दावी छ । यता यी दुबैलाई छोडेर प्रमोद शर्मालाई लाई छान्ने स्रोतको दावी छ । 
मनोज ज्ञवाली प्रिजेन्टेसन र अन्तर्वार्तामा सबैभन्दा अब्बल भएकाले उनलाई कुनै पनि हालतमा उत्कृष्ट तीनमा लैजाने भन्ने अडान छनोट समितिले लिएपछि छनोट समिति र केहि राजनीतिक शक्तिका बीच भनाभननै भएको समेत बुझिएको छ । मनोज ज्ञवालीलाइ उत्कृष्ट ३ बाटै फाल्नुपर्ने अडान राखेको चन्द्र साउद र सीताराम थपलिया निकट शक्ति र छनोट समितिबीच राम्रै चर्चाचर्कि परेको बुझिएको छ । छनोट समितिको इज्जत राख्नकै लागि भएपनि ज्ञवालीलाई उत्कृष्ट ३ मा राख्नुपर्ने अडान छनोट समितिले राखेकाले उनी उत्कृष्ट ३ मा पर्न सफल भएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: