×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘बाम गठबन्धनले छुट्टै वैचारिक र राजनीतिक अर्थ बोकेको छ, यो कुनै ट्याक्टिस होइन’

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक अर्थमा छुट्टै विशेषता बोकेको बाम गठबन्धन कुनै ट्याक्टिस नभएको प्रष्ट पारेका छन् । भरतपुरमा प्रेस चौतारी र प्रेस सेन्टर चितवनले गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनको परिणाम जस्तोसुकै आए तापानी त्यसले बनिसकेको बाम गठबन्धन र पार्टी एकतामा कुनै असर नपर्ने जानकारी दिएका हुन् ।
पार्टी एकता संयोजन समिति समेत बनिसकेकोले भन्दै एकता प्रक्रियामा शंका नगर्न अपील गर्दै प्रचण्डले भने,‘देशमा धेरै पार्टी हुनुभन्दा कम पार्टी हुनु देश र जनतको आवश्यकता हो । यो प्रकृयाको शुरुवात हामीले गर्‍यौं, कांग्रेसमा पनि त्यो प्रक्रिया सुरु भएको छ, यो देश र जनताको हितमा छ ।’
एमाले र माओवादीले गरेको वाम गठवन्धनले देश र जनताको हित गर्ने उनको दावी छ । विगतमा कांग्रेससँग गरिएको निर्वाचन केन्दि्रत तालमेल र अहिले एमालेसँग गरिएको गठवन्धन फरक भएको उनको भनाई थियो । अब निर्वाचन हुँदैन कि भन्ने संशय नरहेको भन्दै प्रचण्डले भने, ‘निर्वाचन आयोगले नै प्रत्यक्षतर्फको मतपत्र दुईवटा छाप्ने भएपछि निर्वाचन नहुने शंका रहेन ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: