×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

संसदको अन्तिम बैठक भोली, बाटो खर्च दिएर ५ सय ९२ सांसदहरुको बिदाइ !

काठमाडौँ  – संसदको आयू भोलि अर्थात असोज २८ गतेबाट सकिँदैछ । सभामुख ओनसरी घर्तीले शनिबार दिउँसो संसदको अन्तिम तथा विशेष बैठक बोलाएकी छिन् । ५ सय ९२ सांसदहरुलाई विशेष सम्मानका साथ बिदा गर्न लागिएको हो ।
सभामुख घर्तीका प्रेस सल्लाहकार वविन शर्माका अनुसार संसदको व्यवस्थापकिय काम शुक्रबार नै सकिनेछ । उनले संसदको व्यवस्थापकीय काम आजै सकिने । तर, शनिबार शीर्ष नेता र सभामुखले बोल्ने कार्यक्रम रहेको र विशेष वैठक बोलाइएकाले अन्तिम बैठक भोलिकै हुने बताएका छन् ।
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका उम्मेदवारको सूची बुझाउने मिति असोज २९ गतेका लागि तोकेको छ । शनिबार मध्यराति १२ बजेबाट संसदको आयु सकिएपछि राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगलाई बुझाउने छन् ।
सभामुख घर्तीले रुपान्तरिक संसदका सांसदलाई विदाइ गर्ने विषयमा प्रमुख सचेतकहरुसँग छलफल पनि गरेकी छिन् । सभामुखले शनिबार दिउँसो २ बजे सांसदहरुसँग सामूहिक तस्वीर खिचाउने कार्यक्रम तय भएको छ । त्यसलगत्तै ३ बजे बस्ने संसदको अन्तिम बैठकलाई शीर्ष नेताहरुसँगै सभामुखले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
संसदको आयु सकिएसँगै ५ सय ९२ सांसद शनिबार मध्यरातिबाट भूतपूर्व हुनेछन् । २०७० मंसिर ४ गते निर्वाचित भएर आएका सांसदहरु असोज २८ गते शनिबार मध्यराति १२ बजेबाट निवर्तमान हुनेछन् ।
बाटो खर्च दिएर सांसदहरुको बिदाइ
सांसदहरुलाई बाटो खर्च दिएर बिदाइ गरिने भएको छ । सांसदहरुको विदाइका लागि संसद सचिवालयले तयारी गरिरहेको छ । सांसदलाई काठमाडौँबाट घरसम्म पुग्न लाग्ने यातायात र खाना, खाजा खर्चबापतको रकम दिने तयारी भइरहेको संसद सचिवालयले जनाएको छ । – काठमाडौँ टुडे 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: