×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेकपाका केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग

काठमाडौँ  – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा युवा संगठन राष्ट्रिय जनस्वयमसेवकका केन्द्रीय अध्यक्ष सुदिप मल्लले पार्टी परित्याग गरेका छन् ।
मल्लले बिहीबारदेखि नै केन्द्रीय सदस्य र जनस्वयमसेवकको अध्यक्ष लगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिए ।
पोखराको बैठकमा आफूले पार्टीले क्रान्ति गर्न नसक्ने भन्दै राजनीतिक, सैद्धान्तिक, सांगठनिक विषयमा आफ्नो मत राख्दा सम्मान नगरिएपछि राजीनामा दिएको मल्लले बताए ।
औपचारिक रुपमा बिहीबार पार्टीबाट राजीनामा दिएका मल्लले फेसबुकमार्फत राजीनामा दिएका जानकारी गराउदै दुनियाँ बदल्ने यात्रा भने अविराम हुने उल्लेख गरेका छन् ।
‘आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समिति सदस्य तथा राष्ट्रिय युवा जनस्वयमसेवकको अध्यक्ष लगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्,’दुनियाँ बलद्यने महान जिम्मेवारी र यात्रा भने अविराम रहने छ ।’
आफू सक्रिय राजनीतिमा रहिरहने भन्दै मल्लले अब वाम एकतामा सहभागी हुने बताए । मल्ल युद्धकालमा विग्रेड कमिसार थिए ।
यता नेपाल कम्युनिष्ट पार्टीले भने विज्ञप्ति निकाली मल्ललार्इ निष्काशित गरिएको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: