×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देउवाले गगन थापालाई गरे यति ठूलो प्रस्ताव, कार्यकर्ता भन्छन्: अब जे गर्छ कांग्रेसले गर्छ !

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले युवा नेता गगन थापालाई प्रवक्ता बन्न प्रस्ताव गरेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा देउवाले पार्टीको प्रवक्ता बन्न औपचारिक प्रस्ताव गरेको बालुवाटार स्रोतले बताएको छ ।
यसअघि पार्टीभित्र गगनलाई प्रवक्ता बनाउनुपर्ने आवाज उठिरहेका बेला देउवाले झण्डै डेढ वर्षदेखि खाली रहेको प्रवक्तामा गगनलाई ल्याउने तयारी गरेका हुन् ।
गगन प्रवक्ता बने कांग्रेसले सूचना, प्रविधि र प्रचारप्रसारमा फड्को मार्ने नेता कार्यकर्ताको विश्वास छ । अहिले प्रचार प्रसारमा एमाले धेरै अगाडि छ । यसलाई गगन नेतृत्वको प्रचार टिमले ब्यालेन्समा ल्याउन सक्ने बताइन्छ।
युवा नेता थापा काँग्रेसको प्रवक्ता बन्ने हल्लाले कार्यकर्ताहरु भने मक्ख छन् । सामाजिक सञ्जाल फेसबुकमा समेत काँग्रेसका कार्यकर्ता तथा समर्थकहरुले अब पार्टीले फड्को मार्ने भन्दै आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् ।
नेपाली कांग्रेस पार्टीभित्र थापा प्रिय नेताका रुपमा चिनिन्छन । चुनावको मुखमा युवा नेता गगनलाई प्रवक्ता तोकेर कांग्रेसले सूचना प्रवाह प्रणाली र प्रचार रणनीतिलाई थप प्रभावकारी बनाउन कसरतमा जुटेको हो ।
प्रवक्ता नहुँदा कांग्रेसको सूचना प्रवाह तथा प्रचार संयन्त्र प्रभावकारी हुन नसकेको पार्टीभित्रैबाट आइरहेका बेला देउवाले प्रखर वक्ता थापालाई प्रवक्ताको जिम्मेवारी दिन लागेका हुन् । गगन प्रवक्ता बनेपछि कांग्रेसको सूचना प्रवाह प्रणाली र प्रचार रणनीति चुस्त र प्रभावकारी हुने विश्वाससहित नेतृत्वले गगनलाई यो महत्वपूर्ण जिम्मेवारी दिन लागेको बुझिएको छ।
यसअघि पार्टीमा दिलेन्द्रप्रसाद बडु प्रवक्ता थिए । तर पार्टीको तेह्रौँ महाधिवेशनसँगै प्रवक्ता पद खाली रहेको थियो । प्रवक्ता बन्ने प्रस्तावलाई थापाले सकारात्मक रुपमा लिइसकेका छन् भने आम कार्यकर्ता र संचारकर्मीहरु समेत उत्साहित भएका छन् ।
जनआन्दोलन–२ बाट मुलधारको राजनीतिक बृत्तमा उदाएका थापा नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिएका व्यक्ति हुन् ।
वि.सं. २०३३ सालमा काठमाडौंमा जन्मिएका थापा पिता महेन्द्रकुमार थापा र माता रामेश्वरी थापाका दोस्रो सन्तान हुन् । उनका पिता महेन्द्र नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर थिए ।
त्रिचन्द्र क्याम्पसबाट नेपाली काँग्रेसको राजनीति सुरु गरेका थापा वि सं. २०५१ सालमा नेपाल विद्यार्थी संघकै तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि उनी त्रिचन्द्र स्ववियुमा सदस्यबाट सचिव हुँदै तेस्रो कार्यकालमा सभापति बन्न सफल भए ।
समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरेका थिए ।
संविधान सभामा नेपाली काङ्ग्रेस नामक पुस्तकका लेखक थापाले नेपाली काग्रेसका नेता एवं बर्तमान सरकारका शहरी बिकासमन्त्री अर्जुन नरसिंह केसीकी छोरी अञ्जना के.सीसँग २०६५ वैशाखमा विवाह गरे । उनका दुई छोरी गार्गी र जियाना छन् ।
विद्यार्थी हुदै १२ औ महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बनेका थापा तेह्रौं महाधिवेशनमा भने आफ्नै ससुरा अर्जुननरसिंह केसी र बिपी पुत्र डा शशांका कोईरालासँग महामन्त्रीमा चुनावी मैदानमा समेत उत्रिएका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: