×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

३५ तस्विरमा हेरौँ, हेर्दै जाउँ-जाउँ लाग्ने ‘अन्नपूर्ण बेस क्याम्प’ (फोटो कथा)

  • सविता सापकोटा / अर्थ सरोकार डटकम 
प्रकृतिले रंग छरिदिएर सुन्दरताको घुम्टोले छपक्क छोपिदिएको नेपालमा यस्ता थुप्रै प्रकृतिरुपी ‘बेहुली’हरु छन्, मानौं सुन्दरताको अर्को परिभाषा नै यहि भूमि हो । अझ त्यसमाथि हिमालको वर्णन त शब्दमा कहाँ गर्न सकिन्छ र ? विश्वका जुनसुकै कुना-कन्दरामा रहेका पर्यटकहरु किन नहुन्, हिमालसँग मितेरी गाँस्न नेपाल आउन चाह गर्ने हरेक मनको अन्तरकुनामा छचल्किने नाम हो, ‘अन्नपूर्ण बेस क्याम्प’ अर्थात ‘एबीसी’ । 
व्यस्त जिन्दगीसँग केहि टाढा रहेर, हिमालको काखमा रमाउनुको मज्जा बेग्लै छ । उकाली ओराली गर्दै, हिमालसँगै हाँस्दै, हरेक पीडाहरु पगाल्नुको आनन्द बेग्लै छ । हरेकपटक उँचो बन्न सिकाउने हिमाल र सुन्दरताका लालीहरु छरेर मनलाई ‘बेचैन’ गराइदिने ती हिमालहरुको कथा बेग्लै छ । र त हिमालको लेख्ने होइन ‘देख्ने’ कथाको यथार्थका केहि अंशहरु सबिताले क्यामरामा कैद गर्ने प्रयास गरेकी छिन् ।
(माथिका तस्विरहरुको सर्वाधिकार सबिता सापकोटासँग एकल रुपमा सुरक्षित छ । -सम्पादक) 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: