×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्से ४ वर्षका लागि बन्धक बन्ने संकेत, इनसाइडर ट्रेडिङका आरोपित साउद नेप्सेको सीइओमा नियुक्त !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- इनसाइडर ट्रेडिङ आरोपित चन्द्र साउद नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिंह साउद नियुक्त  हुने भएका छन् । उनलाई नेप्सेको सीइओ पदमा नियुक्त गर्ने गरी मन्त्री परिषद्ले निर्णय गरेको छ । प्रधानमन्त्री देउवाको ठाडो आदेशमा उनी नेप्सेको सीइओमा नियुक्त भएका हुन् । 
उनलाई नेपाल इन्सुरेन्स डुबाएको समेत आरोप छ । आफन्तका नाममा सेयर किनेर इन्साइडर ट्रेडिङ गरेको आरोपमा नेपाल इन्सुरेन्सको संचालक समितिले उनलाई निकाल्न खोजेपनि उनी पावरकै भरमा त्यहाँ बसीरहेका थिए । तर पछी उनलाई त्यहीं रहँदा यौन दुर्व्यवहारको समेत आरोप लागेपछि संचालक समितिले उनलाई गलहत्याएर निकालेको थियो ।
यसो त उनी नेप्सेको सीइओ हुन उनले आरजु देउवा र उनका आसेपासेलाई पटक पटक गरी ३ करोड बुझाएको आरोप समेत उनी निकटहरुले संघीन आरोप लगाएका छन् । ‘मनि मुभमेन्टको छानविन गरिनुपर्छ । केहि समय अगाडी उनले विभिन्न बैंकबाट लिएको ऋण कहाँ लगानी गरे भन्ने कुरा छानविन हुनुपर्छ । केहि ब्रोकरहरुले उनलाई फन्डीङ समेत गरेका छन् । त्यसको समेत छानविन हुनुपर्छ । हामी पुन: उनीविरुद्ध अख्तियार जाँदैछौं ‘ एक ठुला लगानीकर्ताले अर्थ सरोकार डटकमसँग भने ।    
साउदको नियुक्तिसँगै नेप्से ४ बर्षका लागि बन्धक हुने देखिएको छ । उनको नियुक्तिसँगै अनलाइन केहि ढिलो हुने संकेत देखिएको छ भने लगानीकर्ताहरु भन्दा आफ्नै पोर्टफोलियो बढाउन साउद लाग्ने जानकारहरु बताउँछन् ।  
नेप्सेको प्रमुख कार्यकारी अधिकृत बन्नको लागि १३ जनाले आवेदन दिएका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: