×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वच्छ छविका कांग्रेस उम्मेदवार छोडेर नयाँ शक्तिका विवादित व्यक्तिलाई नेप्सेको सीइओ किन नियुक्त गरे देउवाले ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ आश्विन २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

स्वच्छ छविका कांग्रेस उम्मेदवार छोडेर नयाँ शक्तिका विवादित व्यक्तिलाई नेप्सेको सीइओ किन नियुक्त गरे देउवाले ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाली काँग्रेस भित्र ‘पार्टी ठुलो कि पैसा’ भन्ने बहस सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर दुएवाको ठाडो आदेशमा नेप्सेको जीएमका लागि उम्मेदवार बनेका काँग्रेस निकट उम्मेदवार प्रमोद राज शर्मा र मनोज ज्ञवालीलाई लत्याउँदै शेर बहादुर देउवाले यौन काण्डमा परेका र ‘इन्साइडर ट्रेडिङ’ जस्तो गम्भीर अपराधका आरोपित र माओवादीबाट नयाँ शक्तिमा प्रवेश गरेका चन्द्र साउदलाई नेप्सेको महाप्रबन्धकमा नियुक्त गरेपछि कांग्रेसभित्र यस्तो बहस सुरु भएको हो ।

साउदको प्रतिष्पर्धामा निकै नै स्वच्छ छविका प्रमोद राज शर्मा र मनोज ज्ञवाली थिए । नेप्सेको जीएममा नियुक्त भएका चन्द्र साउद सुदुरपश्चिम भएका नाताले देउवा निकट कांग्रेस नेताहरुलाई चिन्ने भएपनि उनीचाहिं पहिला माओवादी थिए भने पछि नयाँ शक्ति नेपाल प्रवेश गरेका थिए । उनी नयाँ शक्ति नेपाल प्रवेश गरेपछि उनलाई नयाँ शक्ति नेपाल प्रवेश गरेकोमा बधाई दिएका फेसबुक स्ट्याटसहरु अझै पनि छन् ।
यसो त यो नियुक्तिका लागि साउदले ३ करोड रुपैयाँ बुझाएको जानकारहरु बताउँछन् । नेप्सेमा साउद नियुक्त भएपछि कांग्रेसी बैंकर, र कर्पोरेट क्षेत्रमा रहेका कांग्रेसी कार्यकर्ताबीच पार्टी भन्दा ठुलो पैसा रहेको बहस सुरु भएको छ । साउदलाई नेपाल इन्सुरेन्स डुबाएको देखि महिलामाथि यौन दुर्व्यवहार गरेको समेत आरोप छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: