×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एमाले–माओवादीले ३२ जिल्लामा भागबन्डा मिलाए, कुन जिल्ला कसलाई ?(सूचीसहित)

काठमाडौँ  – वाम गठबन्धनको कार्यदल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आगामी मंसिर १० गते पहिलो चरणमा निर्वाचनका लागि लामो कसरतपछि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा भागबण्डा टुंगो लगाएको छ । जसमा एमालेले २१ र माओवादीले १६ क्षेत्र पाएका छन् ।

यससँगै पहिलो चरणमा चुनाव हुने २–२ निर्वाचन क्षेत्र भएका जिल्लाहरु सिन्धुपाल्चोक, नुवाकोट र बाग्लुङमा प्रतिनिधिसभातर्फ १–१ क्षेत्र दुवै दलले बांँडेका छन् र धादिङका दुवै क्षेत्र एमालेले पाउने भएको छ भने गोरखाका दुवै क्षेत्र माओवादीको भागमा परेको छ ।

यसैगरी भोजपुर र सोलुखुम्बुबाहेक १ नम्बर प्रदेशका अधिकांश हिमालीरपहाडी जिल्ला एमालेको भागमा परेको छ भने ६ नम्बर प्रदेशमा डोल्पा र मुगुबाहेक पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरु माओवादीले पाउने भएको छ ।

कुन क्षेत्र कसलाई ?

एमाले– २१

१ ताप्लेजुङ

२ पाँचथर

३ खोटाङ

४ संखुवासभा

५ ओखलढुंगा

६ दोलखा

७ सिन्धुपाल्चोक– २

८ रसुवा

९ नुवाकोट २

१० धादिङ– १

११ धादिङ– २

१२ मनाङ

१३ मुस्ताङ

१४ म्याग्दी

१५ बाग्लुङ– १

१६ डोल्पा

१७ मुगु

१८ बझाङ

१९ बाजुरा

२० बैतडी

२१ दार्चुला

माओवादी – १६

१ भोजपुर

२ सोलुखुम्बु

३ रामेछाप

४ सिन्धुपाल्चोक– १

५ नुवाकोट– १

६ गोरखा १

७ गोरखा २

८ बाग्लुङ २

९ रोल्पा

१० लमजुङ

११ रुकुम पूर्व

१२ रुकुम पश्चिम

१३ जुम्ला

१४ कालीकोट

१५ हुम्ला

१६ जाजरकोट

यसैगरी सबै जिल्लामा दुवै पार्टीलाई एक न एक क्षेत्र सुरक्षित गर्ने भनिए पनि मनाङ, मुस्ताङ, मुगु र बाजुरामा माओवादीले प्रदेशतर्फ पनि कुनै क्षेत्र पाएको छैन भने रोल्पा र दुवै रुकुममा कुनै पनि क्षेत्र एमालेको भागमा परेको छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: