×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

छोरी रेणुको विरुद्ध मैदानमा उत्रिएका ज्ञवाली बावु प्रचण्डको कमाण्डर बन्दै !

राजनिती संभावनाहरुको खेला हो भन्ने कुरा फेरी एकपटक प्रमाणीत भएको छ । जसको कारण भरतपुर महानगरपालिका स्थानीय निर्वाचनमा छोरी रेणु दाहाल विरुद्ध मैदानमा उत्रिएका एमाले नेता देवी ज्ञवाली बुवाको भने चुनावी कमाण्डर बन्ने भएका छन् ।
उनले कांग्रेस माओवादी गठबन्धनबाट भरतपुर महानगरपालिकाको स्थानीय निर्वाचनमा प्रचण्ड पुत्री माओवादीका उम्मेद्वाररेणु दाहलसँग पराजय बेहोरेका थिए ।
एमाले माओवादीको चुनावी गठबन्धन बनेपछि राजनीति नयाँ मोडमा पुगेको छ । त्यहीक्रममा देवी ज्ञवालीको भूमिका पनि नयाँ भएको छ । पराजित मेयर देवी ज्ञवालीले एमाले पार्टी परित्याग गर्ने कुरा आइरहशेका बेला उनलाई प्रचण्डको चुनावी कमाण्डर बनाउन लागिएको हो ।
एमालेका अध्यक्ष केपी ओलीले भने आगामी निर्वाचनमा देवी ज्ञवालीले अध्यक्ष प्रचण्डको प्रचार प्रचार गर्ने बताएका छन् । एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धन र पुष्पकमल दाहाल चितवनबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी भएको छ।
स्थानीय निर्वाचनमा माओवादीका उमेद्वारसँग पराजय भोगेका देवीले अबको निर्वाचनमा प्रचण्डको पक्षमा मत माग्दै प्रचार गर्ने भएपछि नयाँ बहस सुरु भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: