×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२४ किलो अवैध लागु औषध अफिम र चरेससहित दुई पक्राउ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अवैध लागु औषध अफिम र चरेससहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक अनील सिंह ठकुरीको कमाण्डमा खटिएको टोलीले नीजहरुलाई पक्राउ गरेको हो । उक्त टोलीले धादिङका तामाङको साथबाट १ किलोग्राम अफिम, १२ किलोग्राम चरेस र दई हजाररुपैयाँ बरामत गरेको छ भने मकवानपुरका मोक्तानको साथबाट १ किलो अफिम, १० किलो चरेस सँगै सात हजार नेपाली र ५८ हजार भारतीय रुपैयाँ बरामद गरेको छ । 
‘हामीले पाएको विशेष सूचनाका आधारमा बल्खुबाट धादिङ किरानचोक गाउँपालिका ८ धीरखर्क घर भएका ३६ वर्षीय दर्जबहादुर तामाङ र मकवानपुर राक्सीराग गाउँपालिका २ घर भएका ३६ वर्षीय राजकुमार मोक्तानलाई लागु औषध र नगदसहित पक्राउ गर्न सफल भएका छौं ।’ ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठुले राइले भने । उनका अनुसार तामाङ र मोक्तान लामो समयदेखि लागु औषध कारोबारमा सक्रिय भएको समेत खुलेको छ।
 थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: