×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE : तिहारका नाममा विकृति ! भैलो खेल्ने रात अचाक्ली बढ्यो कण्डम र गर्व निरोधक चक्कीको विक्री !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – तिहारलाइ पवित्र चाडका रुपमा लिने गरिन्छ । अझ त्यसमापनि भैलो खेल्ने रात त लक्ष्मी पूजा पर्ने गर्छ । यो दिन धनधान्यकि देवी लक्ष्मीको पूजा गर्ने गरिन्छ । पवित्र भएर पूजा गरिने यो रातमा कतिपय त रातभर भजन गाउँदै जागानै बस्ने गर्छन् । यहि रात भैलो खेल्ने चलन छ । तर यो पवित्र चाडपनि विकृत हुँदै गएको छ । लक्ष्मी पूजाको रात अर्थात भैलो खेल्ने रात गर्व निरोधक चक्की र कण्डमको अचाक्ली विक्रीले तिहार कतिसम्म विकृत हुँदैछ भन्ने प्रमाणित गरेको छ ।    

भैलोका नाममा रातभर मस्ती :
काठमाडौँ, नारेफांट बस्ने सुमित्रा कंडेल (नाम परिवर्तन) भैलो खेल्न भनेर घरबाट निस्किन् । तर उनी भैलो खेल्न होइन आफ्ना प्रेमीको गठ्ठाघरस्थित डेरामा आइपुगेकी थिइन् । नजिकै रहेको पसलबाट गर्व निरोधक चक्की ‘इकोन’ किनेर त्यो जोडी डेरासम्म लागेको थियो । यो कुरा घरभेटीले थाहा पाएपछि ती किशोरीलाई घर फर्किन आग्रह मात्र गरिएन, केटालाई तिहार लगत्तै डेरा सर्न समेत उर्दी जारी गरिसकेका छन् । अर्थ सरोकार डटकसँग कुराकानी गर्दै ती घरभेटी भन्छन्, ‘लक्ष्मीपूजाको दिन मैथुन हुने घरमा लक्ष्मी बस्दिनन् भनेर शाश्त्रमै लेखिएको छ । यिनीहरुको रमाइलोले सार्है खल्लो लागेको छ । यो त प्रतिनिधि जोडी मात्र हो, यसरी भैलो खेल्ने नाममा आफ्ना प्रेमी वा प्रेमिकासँग रातभर मस्ती गर्नेहरुको संख्या निकै ठूलो छ ।     
गर्व निरोधक चक्की र कण्डमको विक्री अचाक्ली बढ्यो :
हिजो भैलोको रात, तिहारका माला, फूल, फलफूलहरु धेरै विक्ने बेला थियो । तर त्योसँगै कण्डम र गर्वनिरोधक चक्कीको विक्री पनि अचाक्ली बढेको थियो । गठ्ठाघरमै मेडिकल सञ्चालन गरेर बसेका एक मेडिकल सञ्चालक भन्छन्, ‘अरु दिन ३ देखि ४ वटा ‘इकोन’ विक्री हुन्थ्यो । आज १४ वटा इकोन विक्री भएको छ । कण्डम अरुबेला २देखि ५ वटासम्म विक्थ्यो भने भैलोको रात ११ वटा कण्डम विकको छ।  तिहारमा यस्तो विकृति फैलिएको पहिलोपटक थाहा पाएँ।    
कोहि प्रेमिको डेरामा कोहि गेष्ट हाउसमा :  
लक्ष्मी पूजाको दिन अधिकांस गेष्ट हाउसले जोडी पाहुनाहरुलाई राख्ने गरेका छैनन् । तर चावहिल लगायतका  एरियाका केहि गेष्ट हाउसमा भने जोडीहरुको तिहारको दिन बाक्लो उपस्थिति थियो । ‘हाम्रो कामनै पाहुना राख्ने हो । अव को आएर के गर्छ भन्ने कुरा हामीलाई मतलव हुन्न । ‘ चावहिलमा गेष्ट हाउस चलाएर बसेका एक गेष्ट हाउस सञ्चालकले अर्थ सरोकार डटकमसँग भने । यता कतिपय जोडीहरु भने प्रेमीको डेरामा मस्ती गर्ने गरेका छन् । तिहारको बेला प्राय : सबैजना व्यस्त हुने हुनाले पनि उनीहरुका लागि डेरामा रमाइलो गर्नु सुरक्षित हुने गरेको छ।       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: