×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE: आरजुको स्कुलमा अचाक्ली लुट, प्रीनर्सरी पढ्ने विद्यार्थीकै मासिक शुल्क २६ हजार !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी डा. आरजु देउवा अध्यक्ष रहेको उलेन्स स्कुलले प्रीनर्शरी पढ्ने विद्यार्थीसँग मासिक शुल्क २६ उठाउने गरेको खुलासा भएको छ । यद्यपी यो विद्यालय गैर नाफा मुलक भनी चर्चा गर्ने गरिएको छ । अर्थ सरोकार डटकमलाई प्राप्त प्रमाण अर्थात उक्त स्कुलको बिलमा उलेन्स स्कुलको प्रीनर्सरी कक्षामा अध्ययनरत एकजना बिद्यार्थीको मासिक शुल्क रु २६ हजार ७० रहेको प्रष्ट देखिन्छ । 
आरजु राणाका विरुद्ध को बोल्ने ?
‘यो त हदैसम्मको लुटधन्दा हो ।’ हामीलाई उक्त बिलको प्रमाण दिने एक अभिवावक भन्छन्, ‘हामीले यसबारेमा केहिपनि बोल्न मिल्दैन । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको स्कुल भएकाले मौन बस्नु हाम्रो वाध्यता पनि हो । उनको यो स्कुलमा ७५ % लगानी छ । त्यसमाथि यो स्कुलमा ठुला ठुला मान्छेका छोराछोरी पनि पढ्छन् । हामीले विरोध गर्दा कसैको साथ नपाउने पनि पक्का छ । ठुल्ठुला पार्टी र तिनका ठुलाठाला नेताहरुका छोराछोरी मात्र यो स्कुलमा पढ्छन । त्यो बाहेक मन्त्रालयका सचिव, सह-सचिव र ठुला व्यापारीहरुका बालबच्चाले पनि पढ्न पाउने भए, जोसँग अथाह सम्पति छ । हामी रहरकै भरमा राम्रो हुन्छ भनेर उक्त विद्यालयमा पढाउने अभिवावक त सधैं मारमा नै छौं ।’ ती अभिवावकले अर्थ सरोकार डटकमसँग भने । 
स्कुल बोल्नै मान्दैन, संचालक समितिमा ठुला मान्छे तर लुट कायम !
यसबारे हामीले स्कुलका सम्बन्धित व्यक्तिसँग बुझ्ने प्रयास गरेका थियौं । तर हामीसँग कुराकानी गर्ने स्कुलकि एक कर्मचारीले यो स्कुलको नीजी मामला भएको र अभिवावकको समेत स्वीकृति भएको हुनाले यसबारे कसैसँग पनि बोल्न नमिल्ने बताएकी छिन् । ‘उलेन्स स्कुल नेपालकै प्रतिष्ठित स्कुलमध्ये पर्छ । त्यसैले यस्ता कुरा हामीसँग नगर्नु होला ।’ उनले भनिन् ।     
यता यो विद्यालयमा निकै ठुला ठुला व्यक्ति संचालक समितिमा छन् । डा. आरजु देउवा अध्यक्ष रहेको उक्त स्कुलमा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि कर्ण बहादुर थापा, अभिवावकका प्रतिनिधि कामक्षी याक्थुम्बा, र प्रविण चित्रकार, स्थानीय प्रतिनिधि मदन राइ, शिक्षक प्रतिनिधि देपाली राणा खड्का र सदस्य सचिव मेदिन लामिछाने (उनी स्कुलका प्रिन्सिपल हुन्) छन् । यी सबै कांग्रेसी कार्यकर्ता हुन् भने आरजु देउवाका निकट हुन् ।

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: